Logo
|
Thursday 28th March 2024
Logo

epaper

गर्भवती महिलाको चेकजाँच गर्दै चिकित्सकको टोली



चिकित्सकको टोली दुर दराजका बस्तीहरुमा गएर गर्भवती महिलाको गर्भ जाँच तथा पाठेघरको चेकजाँच गरी रहेकोे छ । दुर्गमका गर्भवती महिलाहरुको चेकजाँजको पहुँच वृद्धि गर्न गाउँगाउँमा चिकित्सक सहितको टोलीले गर्भ जाँच गर्न गएको हो ।
यस अघि कहिल्यै पनि गर्भ जाँच नगरेकी चंखेली एक रिमीकी उषा भण्डारीले पहिलो पटक गर्भ जाँच गरेको बताउनु भयो । घर-घरमा चिकित्सकहरु आएर गर्भजाँच गर्दा आफ्नो बारेमा जानकारी भएको र थप सतर्कता अपनाउन मद्दत मिलेको उहाँले बताउनुभयो ।
दुई दिनमा तीन वटाका दुई सय बीस जना महिलाहरुको गर्भ जाँच गर्दा ३४ जनालाई इम्प्लान्ट राखिएको र नौ जनामा जटिलता देखिएकोले त्यसै अनुसार उपचार गरिएको शिविरमा सहभागी जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताउनु भयो । त्यसै गरी दुई सय ७५ जना पाठेघरको बिरामी महिलाको पनि उपचार गरिएको उहाँले बताउनु भयो । यता १२० जनाको सेतो पानी बग्ने, पाँच जनाको उल्टो बच्चा रहेको, एक जनाको साल अगाडी रहेको र आठ जनाको एपेन्डिक्स रोगी महिलाको उपचार भएको उहाँले बताउनुभयो ।
सदरमुकाम सिमकोटबाट तीन दिन पैदल लाग्ने चंखेली गाउँपालिकाको वडा नम्बर १ र २ का गर्भवती महिलाहरुका लागि देउलीमा संचालन भएको गर्भ जाँचमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको गाउँपालिका उपाध्यक्ष बिमला शाहीले बताउनु भयो । पालिकाले महिला लक्षित कार्यक्रमबाट गर्भवतीको उपचार गर्ने कार्यक्रम तय गरेर जिल्लाबाट चिकित्सकको टोली झिकाएको बताउनु भयो । गाउँ- गाउँमा चिकित्सकहरु गएर गर्भवती महिलाहरुको गर्भ जाँच गरिएको उहाँले बताउनु भयो । यसका लागि जिल्लाबाट डाक्टर दुर्गा सुर्पालीको टोली गएको थियो । टोलीले अन्य बाँकी दुई वटा वडामा पनि गएर गर्भवती तथा पाठेघरका महिलाहरुको उपचार गर्ने भएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्