Logo
|
Thursday 18th April 2024
Logo

epaper

स्मार्ट कार्डबाट सेनेटरी प्याड  



डडेल्धुराको भाग्येश्वर गाउँपालिकाले पहिलोपटक स्मार्ट कार्ड प्रयोग गरी सेनेटरी प्याड निकाल्ने मेसिन सञ्चालनमा ल्याएको छ । गाउँपालिका–४ मा रहेको सरस्वती माध्यमिक विद्यालय बगरकोटमा सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाकी अध्यक्ष कौशीला  भट्टले बताइन् ।

‘छात्राहरूलाई चाहिएको वेला मेसिनमा स्मार्ट कार्ड छिराएर प्याड निकाल्न सक्नेछन्,’ उनले भनिन् ‘विद्यालयमा अहिले एक सय १० वटा स्मार्ट कार्ड वितरण गरेका छौँ ।’ सेनेटरी प्याड मेसिन किशोरीहरूलाई सुरक्षित महसुस हुने भिन्नै स्थानमा राखिएको उनले बताइन् । ‘अब अन्य माध्यमिक विद्यालयमा पनि सेनेटरी प्याड निकाल्ने मेसिन राख्ने योजनामा छौँ,’ अध्यक्ष भट्टले भनिन् ।

मेसिन राखेपछी महिनावारीका कारण छात्रा दुई/तीन दिनसम्म विद्यालय नआउने, आइहाले पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता अन्त्य हुने विद्यालयकी शिक्षिका भुवनेश्वरी शाहीले बताइन् । ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको हो । नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्