Logo
|
Wednesday 24th April 2024
Logo

epaper

२०० बिद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण



काठमाडौंको सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालले भोटेबहालमा २०० बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । काठमाडौंको सुन्धारा नजिकैको भोटेबालमा रहेको अरनिको सेकेण्डरी स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । छात्रछात्राहरुले विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गर्न पाएकोमा खुशी व्यक्त गरे । अस्पतालले स्वास्थ्य परीक्षण्का साथै समाजमा जनस्वास्थ्यसम्बन्धि जनचेतना प्रदान गर्दै आएको छ । यसबाट समयमै रोग पहिचान भई बालबालिकालाई जोगाउन मद्धत पुग्ने बालरोग विशेषज्ञ डा. दिनेश प्रसाद कोइरालाले बताउनुभयो । शिविरमा फिजिसियन डा. प्रतिक पौडेल, बाल रोग विशेषज्ञ डा.दिनेश प्रसाद कोइराला, मेडिकल अफिसर डा. सुनिल भण्डारी, डेन्टल सर्जन डा.फेमिता खड्का, डेन्टल सहायक सुनिता शाही, एचए सागर महर्जन, एचए, रेशम आचार्य, नर्स सनम भुजेल, पुष्पा अधिकारीलगायतको महत्वपूर्ण भूमिका रहेको थियो । प्राय बालबालिकाहरुलाई श्वासप्रश्वासको समस्या देखिएको र सजग भएर हिँड्नुपर्ने फिजिसियन डा. प्रतिक पौडेलको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्