Logo
|
Tuesday 16th April 2024
Logo

epaper

वायु प्रदूषण: प्रदूषणको मारमा केटाकेटीको फोक्सो



छिमेकी मुलुक भारतमा गरिएको एक अध्ययनले वायु प्रदूषणका कारण हरेक १० मध्ये चार बच्चाको फोक्सो खराब भएको देखाएको छ। काठमाण्डूको प्रदूषण मापदण्ड भन्दा पाँच गुणा खराब भएपनि सरकारी अधिकारीहरूले नियन्त्रणका लागि नीतिगत अवरोध रहेको बताएका छन्।

देशभरनै प्रदूषणको मात्रा बढ्दै गएको र त्यसमा पनि काठमाण्डूको स्थिति भयावह बन्दै गएको विज्ञहरूले बताएका छन्।

काठमाण्डूको प्रदूषण निक्कै बढेको भन्दै चिकित्सकहरुले त्यसबाट बच्नका लागि बजारमा पाइने साधारण मास्क पर्याप्त नहुने बताएका छन्।

काठमाण्डू लगायत देशका अन्य ठूला शहरहरूमा मुख्य रूपमा सवारीसाधनबाट निस्कने धुवाँका कारण प्रदूषण बढ्दै गएकाले यसलाई नियन्त्रण गर्नुपर्ने र पुराना सवारीसाधन चलाउन रोक्नुपर्ने उनीहरूले बताएका छन्।

तर सरकारी अधिकारीहरू भने यसलाई रोक्नका लागि आवश्यक एकीकृत प्रयास हालको नीतिगत व्यवस्थाले रोकिरहेको स्विकार्छन्।

विषाक्त हावाले मानिसको आयु कसरी र कति घटाउँदैछ

विद्युतीय बस सञ्चालनका लागि यस्ता छन् विज्ञहरूका सुझाव

वायुप्रदूषणले कसरी मस्तिष्कलाई असर गर्छ

प्रदूषणको मात्रा

काठमाण्डूमा मात्र प्रदूषणको मापदण्ड विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा करिब ५ गुढा बढी रहेको र त्यो नेपालको मापदण्डभन्दा झण्डै तीन गुणा बढी रहेको विज्ञहरू बताउँछन्।

इट्टाभट्टा

त्यसैले यसबाट बच्नका लागि एन ९५ भनेर चिनिने विशेष प्रकारको मास्क आवश्यक पर्ने प्रदूषणबारे अध्ययनहरू गरेका जनस्वास्थ्यविज्ञ डा. खेम कार्कीले बताए।

उनी भन्छन्, “एन९५ भन्ने मास्क पाइन्छ बजारमा त्यो अलि महङ्गो छ। त्यस्तै केहि हदसम्म सर्जिकल मास्क भनेर र बजारमा पाइने तीन तहको मास्कको प्रयोग गर्न सकिन्छ। यसले ओसिलो भएर नबिग्रिँदासम्म काम गर्छ तर बजारमा पाइने धेरै जसो मास्कबाट धुवाँ धूलोबाट बच्न सकिँदैन।”

सवारीसधानबाट निस्कने प्रदूषण स्वास्थ्यका लागि सबैभन्दा हानीकारक हुने विज्ञहरुको भनाई छ। प्रदूषणको स्तर अहिले विहान र बेलुका अझ बढि देखिएको छ।

स्वास्थ्यमा असर

सरकारले असार मसान्त सम्ममा नेपालभर प्रदूषण मापन केन्द्रहरू काठमाडौंभित्र चार ठाउँमा गरेर ७ ठाउँमा स्थापना हुने र त्यसले अवस्थाको पहिचान गर्न सघाउने बताएको छ।

तर थुप्रै चिकित्सकहरूले बढ्दो प्रदूषणको माग मानिसहरूमा दीर्घरोगको रूपमा देखिन थालेको भन्दै सरकारी ढिलासुस्तीप्रति चिन्ता व्यक्त गर्छन्।

लुम्बिनी

त्यसले पार्ने असरबारे जनस्वास्थ्यविज्ञ डा. कार्की भन्छन् “पुराना सवारी साधनबाट निस्कने प्रदूषणले मुटु र फोक्सोमा एकदम असर पार्छ। बच्चाहरूमा पनि यसको असर बढ्दै गएको देखिएको छ।”

तर प्रदूषणको एउटा मुख्य स्रोत सवारीको धूवाँ जाँचको जिम्मा आफूसँग नभएको वातावरण विभागले जनाएको छ। जसले गर्दा जिम्मेवारीका सम्बन्धमा नीतिगत रूपमा एकिकृत प्रयासको खाँचो रहेको विज्ञहरू बताउँछन्।

गुनासो

प्रदूषण

जसको माग शंसोधनमा जान लागेको वातावरण ऐनमा प्रस्ताव गरिएको बताउँछन् वातावरण विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा, “वातावरण सम्बन्धी प्रदूषण गर्नेलाई हामीले कारवाहीको लागि सिफारिस गर्न मिले पनि सिधै कारवाही गर्ने अधिकार छैन त्यसैले यो अवस्थालाई परिवर्तन गर्न अहिले बन्न लागेको नयाँ कानुनमा हामीले बन मन्त्रालयबाट प्रस्ताव गरेका छौं। ”

पछिल्लो समय बढ्दै गएको प्रदूषणको मात्रालाई न्यूनिकरण गर्न सरकारबाट प्रतिबद्धता नदेखिएको गुनासो आउने गरेको छ।

पुराना सवारी साधनलाई हटाउँदा मात्रै पनि हालको अवस्थामा उल्लेखनीय सुधार आउने विज्ञहरूको भनाइ पाइन्छ।

प्रदुषण

यस्तै विद्युतीय सवारी साधनको प्रयोग गर्न तर्फ पनि जोड दिनुपर्ने उनीहरूको भनाइ छ।

प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको अध्ययनहरूले देखाएका छन्।

दिल्ली प्रदूषण

वायु प्रदूषणले खासगरी बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा नराम्रो असर पर्ने गरेको छ।

संसारका अति प्रदूषित शहरमा पर्ने दिल्लीमा सन् २०१५ मा गरिएको एक अध्ययनले दशजना बच्चामध्ये चारजना गम्भीर खालको फोक्सोको समस्याबाट पीडित भएको देखाएको थियो।

वायु प्रदूषणको नकारात्मक असर बौद्धिकतामा

नेपालमा त्यस्ता अध्ययन नभए पनि चिकित्सकहरूले आफूकहाँ श्वास प्रश्वासका बिरामी बढेको भन्दै केही समय अघि काठमाण्डूको प्रदूषण नियन्त्रण गर्न सरकारलाई दबाब दिने उद्देश्यले सडक कार्यक्रम समेत गरेका थिए। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्