Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

बायोमेडिकल ईन्जिनियरिङप्रति महिलाहरुको बढ्दो आकर्षण



मुलु्कमा बायोमेडिकल ईन्जिनियरिङप्रति महिलाहरुको आकषर्ण बढ्दो छ । यसमा धेरै चुनौति छन् । सेवाका लागि दिनरात भन्न पाइँदैन । कुनै पनि समय तयार भएर बस्नुपर्छ । तापनि महिलाहरुले यो पेशालाई निकै आकर्षक रुपमा रुचाएको पाइन्छ ।

रञ्जु गौडेल बायोमेडिकल इन्जिनियर हुन् । उनले सन् २०१५ मा नेपालको एक मात्र कलेज अफ बायोमेडिकल इन्जिनियरिङ अफ एप्लाइड साइन्सबाट बायोमेडिकल इन्जिनियरिङ कोर्ष सकेपछि यो क्षेत्रमा लनशीलताका साथ काम गरिरहेकी छन् । अहिले उनी नेशनल इलेक्ट्रोटेक प्रा।लि।मा कार्यरत छन् ।

रेक पटक टेक्नोलोजी अपगे्रेड हुँदै जान्छ । बिरामीका लागि सजिलो र छिटो रुपमा सेवा प्रदान गर्न नयाँ मेसिन अपरेटिङबारे चिकित्सकहरुलाई गाइड गर्नुपर्छ । जतिसक्दो चाँडो बिरामीहरु सामान्य जीवनमा फर्कनुपर्छ भन्ने बायोमेडिक इन्जिनियरिङको मुख्य उद्देश्य हो । मेसिनप्रति चिकित्सकलाई परिचित बनाउने काम बायोमेडिकल इन्जिनियरको हो । रञ्जु भन्छिन्—‘एप्लिकेसन इन्जिनियरिङमार्फत डाक्टरहरुलाई नयाँ टेक्नोलोजीहरुबाट बिरामीलाई कसरी छिटो स्वस्थ्य बनाउन सकिन्छ भन्नेबारे चिकित्सकहरुलाई सहयोग गर्नुपर्छ ।’

बायोमेडिकलअन्तर्गत सर्जिकल, डायग्नोष्टिक, थेरापेटिक लगायतका फरक प्रकारका उपकरण हुन्छन् । मेसिन बिग्रिएको खबर आएमा रातको समय पनि भन्न पाइँदैन । रेस्पोन्सिबल हुनुपर्छ । दुख र चुनौतिलाई अवसरका रुपमा लिनुपर्ने उहाँ बताउनुहुन्छ ।

बिवाहित महिलाका लागि यो क्षेत्र चुनौति भएपनि काम गर्न त्यति गारो नभएको उनीहरु बताउँछन् । परिवारका सदस्यहरु सहयोगी र कुरा बुझ्ने हुनुपर्ने नेशनल इलेक्ट्रोटेकककी अर्की बायोमेडिकल इन्जिनियर सगुन श्रेष्ठको भनाइ छ ।

बायोमेडिकल इन्जिनियरिङ इमर्जिङ सेवा हो । बायोमेडिकल इन्जिनियरले उपकरण र प्रविधिबीच पुलको काम गरेको हुन्छ । उपचारका क्रममा समस्या आएमा समयमा पुगेर समस्या समाधान गर्नुपर्ने नेशनल इलेक्ट्रोटेक प्रा।लि।की बायोमेडिकल इन्जिनियर अस्मिता रेग्मीको भनाइ छ ।

एभिना महर्जन इन्डोस्कोपिक विभागमा सर्भिस र एप्लिकेसन इन्जिनियरका रुपमा काम गरिरहेकी छन् । यो क्षेत्रमा काम गर्न त्यति गारो नभएको र यस क्षेत्रमा आउन मानसिक रुपमा तयार हुनुपर्ने उनको भनाइ छ ।

तथ्यमा आधारित उपचार सेवा प्रदान गर्न बायोमेडिकल इन्जिनियरिङको भूमिका महत्वपूर्ण हुन्छ । बायोमेडिकल इन्जिनियरको टेक्निकल सपोर्टले मात्र बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन डाक्टरहरुलाई मद्धत गर्छ । यसप्रति महिलाहरुको आकर्षले बायोमेडिकल क्षेत्रको भविष्य अझ उज्वल देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्