Logo
|
Friday 19th April 2024
Logo

epaper

बेमौसमी आँप स्वास्थ्यलाई हानिकारक



 अचेल वजारमा पाइने आँपहरु अप्राकृतिक रुपले रसायनको प्रयोग द्वारा पकाएर विक्रिको लागी राख्ने गरिन्छ । आँपलाइ चाडो पकाउन क्याल्सीयम कार्बाइडजस्ता अखाद्य रसायन राखी पकाउनाले अमृत फललाई विषमा परिवर्तन गराई दिन्छ ।

कार्बाइड नामक रसायन काचो आँपमा राख्नाले २४ घण्टामा आँप पाक्दछ । जसले ब्यापारीलाई फाइदा त हुन्छ तर उपभोक्ताको स्वास्थमा नकारात्मक असार पुग्न जान्छ ।

कार्बाइड नामक रसायन राखेको आँप खादा पेट दुख्ने, वान्ताहुने देखि लिएर फोक्सो, मुटु, मृगौलामा समेत ठूलो असर पार्दछ । गर्ववती महिलाले यस्तो आँप खादा गर्भ तुहिने र क्याक्सर समेत हुने संम्भावना धेरै हुन्छ । कार्बाइडले शरिरमा भएको पानीसंग प्रतिक्रिया गरी एक प्रकारको क्षार बनाउछ । जसले श्वासनली, घाटी, आँखा र छालामा धेरैखालको समस्या ल्याउन सक्छन ।

यसले आँखापोल्ने, पाक्ने, रोगसुरु गर्दै आँखाको शक्तिनै गुमाइदिन सक्छ । भारतमा गरिएको एक सर्वेक्षण अनुसार ३५५ क्याल्सियम कार्बाइड भएको हावामा २५ सेकेण्ड मात्र बस्दापनि असर देखाउछ ।

एक मिनेट बस्दा संक्रमण गर्दछ भने ५ मिनेट बस्दा विहोस बनाउछ र मृत्यु समेत गराउने सर्वेक्षणको रिपोर्ट छ । मुसामा गरिएको त्यस प्रकारको अनुसन्धानले कार्बाइडको सेवनले फोक्सो र मृगौलामा धेरै असर पारेको देखाइएको छ ।

त्यसैले यस्ता कुरा मा हामी आफै चनाखो हुनु पर्ने हुन्छ । क्याल्सियम कार्बाइडको प्रयोगले पकाइएको आप हामीले सजिलै थाहा पाउन सक्छौ । आँपको सबैभाग एकनासले पहेलो भएको छ भने त्यो आँपमा कार्बाइड राखेको हो भन्नेकुरा जान्न सकिन्छ ।

किनकी प्राकृतिक रुपले पाकेको आँपमा फलको सबै भागमा एकनासको पहेलो अर्थात पाकेको रंङ्ग देखिदैन । तसर्थ आँप किन्दा सोचेर किनौ १ यो कसरी पकाएको हो । खानलाई योग्य छ छैन । आँपको स्वादको लागि आफ्नो स्वास्थ संग खेलवाड नगरौ । समयमै विचार पुर्याउ र स्वस्थ रहौ

प्रतिक्रिया दिनुहोस्