Logo
|
Thursday 28th March 2024
Logo

epaper

के हो टन्सिलाइटिस ?



टन्सिलाइटिस एक किसिमको घाँटीको संक्रमण हो । यसलाई टन्सिलको इन्फेक्सन पनि भनिन्छ । टन्सिलाइटिस विभिन्न किसिमका ब्याक्टेरिया र भाइरसले गराउँछ । टन्सिलाइटिस भएपछि घाँटी दुख्ने र खानेकुरा निल्न गाह«ो हुने हुन्छ । बच्चाको मुखमा ¥याल आउने, ज्वरो आउने, शरीर काँप्ने, घाँटीको बाहिरी भाग सुन्निने र कहिलेकाँहि बच्चाहरुलाई काम ज्वरो पनि आउँछ ।
वर्षमा एकदुइचोटि मात्र टन्सिलाइटिस भएमा डाक्टरले दिएको एन्टिबायोटिकले निको हुन्छ । तर बारम्बार वर्षको ५–६ पटक टन्सिलाइटिस भइरहेमा शल्यक्रिया गर्ने सल्लाह दिइन्छ ।

कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ ?
शल्यक्रिया गर्नुपर्ने टन्सिल धेरै किसिमका हुन्छन् । बारम्बार पाकिरहने टन्सिल (रिकरेन्ट टन्सिलाइटिस ) र राति सास फेर्न गाह्रो हुने (अवस्ट्रेक्टिभ स्लिप एप्निया ) भएको अवस्थामा टन्सिलको शल्यक्रिया गर्नुपर्छ ।
शल्यक्रिया/ प्रविधि
शल्यक्रिया गर्न विभिन्न किसिमका प्रविधि प्रयोग गरिन्छ । परम्परागत रुपमा कोल्ड स्टिल टन्सिलेक्टोमी प्रविधीबाट टन्सिलाइटिसको शल्यक्रिया गरिन्थ्यो । तर अहिले अल्ट्रासाउण्ड प्रविधिबाट गरिन्छ । यसलाई हाम्रोनिक टन्सिलेक्टोमी भनिन्छ । यो भन्दा उच्च स्तरिय कोब्लेसन टन्सिलेक्टोमी प्रविधि प्रयोग गरिन्छ । विदेशमा प्रयोग भएका सम्पुर्ण प्रविधि नेपालमामै प्रयोग हुन्छ । त्यसकारण बिरामीलाई निर्धक भएर टन्सिलाइटिसको उपचार गर्न आउन आह्वान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्