Logo
|
Tuesday 16th April 2024
Logo

epaper

के हो बुद्धिबंगारा ? किन दुख्छ ?



बुद्धिबंगारा सबैभन्दा ढिलो आउने दाँत हो । सामान्यतया यो दाँत १८ वर्षदेखि  २५ वर्षसम्ममा आउने गर्दछ । कतिपयमा भने ४० वर्ष सम्ममा पनि आउने हुन्छ । बुद्धिबंगारा आउने समयलाई वयस्क उमेरको पहिलो खुड्किलो मानिन्छ ।  यो उमेरमा परिपक्वता आउने वा बु्द्धि बढ्दै जाने भएकाले दाँतलाई बु्द्धिबंगारा भनिएको मानिन्छ ।

बुद्धिबंगारा ढिलो आउने भएकाले कतिपयमा दाँत आउने ठाउँ एकदमै थारै हुन्छ । यदि दाँतको लागि ठाउँ पुगेन भने कहिले गिजाभित्र त कहिले हड्डीभित्र आउने गर्दछ । यस्तै कतिपय अवस्थामा दाँतका लागि सानो ठाउ ँहुँदा अन्य दाँतलाई ठेल्दै बाहिर आउने गर्दछ । जसले गर्दा दाँतको जरामा दुखाइ उत्पन्न हुन्छ ।

समस्या
हड्डीभित्र लुकेर बसेको बुद्धिबंगाराले त्यसनजिकको दाँतको जरा खियाइदिने काम गर्दछ । जसले गर्दा अर्को दातमा किरा लाग्ने सम्भावना बढेर जान्छ । यस्तै अर्को दाँतलाई धकेलिदिने हुँदा मुखमा अन्य दाँतमा ठाउँ कम गरिदिन्छ । जसले गर्दा वरपरको मांसपेशीमा असर पर्न गई सुन्निने, पिप जम्ने, खाना खान गाह्रो  हुने र ज्वरो आउने समस्या हुन्छ ।

यो दाँत एकैपटकमा आउँदैन, जसले गर्दा लामो समयसम्म दुःख दिन्छ । स्थान सानो हुने भएकाले फुट्ने क्रममा  पीडा हुन्छ । यस्तै दाँतमा खानेकुरा अड्किने गर्दछन् । दाँत सफा गर्दा ब्रस पनि राम्रोसँग पुग्न पाउँदैन । अड्किएमा खानेकुरा कुहिन सक्ने डर हुन्छ । बुद्धिबंगारा आउँदै गर्दा माथिल्लो भागको दाँतले पनि थिच्ने गर्दछ । यस्तै, वरिपरिको मासुमा छेडेर आउने हुदाँ संक्रमण हुने डर हुन्छ । जसले गर्दा दुखाइ झन् बढेर जान्छ ।

भ्रम
समाजमा बुद्धिबंगारा निकाल्दा आँखामा समस्या आउने, दिमागमा असर पर्ने , बुद्धिमा असर पर्ने खालका भ्रम रहेको पाइन्छ । जुन गलत हो । बुद्धिबंगारा आउनेबित्तिकै निकाल्नु बुद्धिमानी हुन्छ । खासगरी यो दाँतको कुनै काम नै हुदैन । खानेुकरा चपाउनका लागि यसले सहयोग गर्दैन । पश्चिमा देशतिर यसलाई सुरुमै निकाल्ने गरिन्छ ।

समाधान
सुरुमा दाँतको एक्सरे गरेर दाँतको अवस्था जाँच गरी दाँत निकाल्न सकिन्छ । कतिपय अवस्थामा दाँत नसामा गएर बस्ने भएकाले आवश्यक चेकजाँचविना दाँत निकाल्नुहुँदैन । यो शल्यक्रिया सुरुसुरुमै गर्दा बढी फाइदा हुन्छ । घाउ छिटो निको हुन्छ र भविष्यमा आउने समस्याबाट पनि बच्न सकिन्छ ।

(दन्तरोग विशेषज्ञ डा.समा प्रधान डेन्टललाइफ ओरल कन्सर्नमा कार्यरत हुनु्हुन्छ ।) नयापत्रिकाबाट साभार

प्रतिक्रिया दिनुहोस्