Logo
|
Thursday 28th March 2024
Logo

epaper

दमका रोगीले के खाने ?



दीर्घ दमरोगीमा सास फेर्दा सक्रिय हुने मांसपेसी विभिन्न कारणले कमजोर हँुदै जान्छन् । खाना खाँदा दम बढ्नु, पाचन प्रणाली कमजोर हुनु, खानामा रुचि घट्नुजस्ता कारणले बिरामीले आवश्यक मात्रामा खाना खान सक्दैनन् । फलस्वरूप शरीरसँगै प्रतिरोधी क्षमतासमेत कमजोर हुँदै जान्छ । जसले गर्दा रोग निको हुन समय लाग्ने हुन्छ । तसर्थ, दम रोगका बिरामीले खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । उनीहरूका लागि यस्तो खानपान आवश्यक छ ।

 शक्तिवद्र्धक खाना
खानामा अरुचिका कारण बिरामीमा तौल घट्दै जान्छ । पर्याप्त खानेकुराको अभावमा शरीरलाई आवश्यक शक्ति आर्जन गर्न मांसपेसी बढी प्रयोग हुन्छन् । जसले गर्दा कमजोरीपन हुन्छ । तसर्थ, दैनिक प्रशस्त मात्रामा शक्ति दिने खानेकुरा खानुपर्छ ।
 आवश्यक  मात्रामा चिल्लो
चिल्लो खानेकुराको सेवनले शरीरमा कार्बनडाइअक्साइड कम जम्मा भई सास फेर्न सजिलो हुन्छ । त्यसैले, खाना पकाउँदा वनस्पति तेलको प्रयोग गरी चिल्लो खानेकुरा खान सकिन्छ । तर, पशुजन्य स्रोतबाट प्राप्त हुने चिल्लो खानेकुरा खानुहुँदैन । जस्तै, बोसोयुक्त मासु, अत्याधिक नौनी, घिउ आदिले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।
 प्रोटिन
दम रोगीमा श्वासप्रणालीको मांसपेसी च्यातिने डर हुन्छ । यसको पुनर्निर्माणका लागि प्रोटियुक्त खाना आवश्यक हुन्छ । त्यसका लागि दाल, गेडागुडी, माछा, मासु, अन्डा, भटमास तथा दूधजन्य खानेकुरा नियमित खानुपर्छ ।
 झोलिलो खानेकुरा
शरीरमा पानीको मात्रा कम भएमा सास फेर्न गाह्रो हुन्छ । त्यसैले, प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाँदा शरीरमा पानीको मात्रा कम हुन पाउँदैन । त्यस्तै, नुन आवश्यक मात्रामा मात्र प्रयोग गर्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्