Logo
|
Friday 29th March 2024
Logo

epaper

बाथरोगको उपचार वेलैमा गरौँ



बाथरोगलाई मेडिकल भाषामा अर्थाइटिस भनिन्छ । सामान्य भाषामा यसलाई जोर्नी दुख्ने वा सुन्निने रोग भनेर चिनिन्छ । प्रतिरोधी क्षमताले शरीरका अंगलाई कमजोर बनाउँदा बाथरोग हुन्छ । यो शरीरका जुनसुकै अंगमा पनि हुन सक्छ । यो रोग हरेक उमेरका मानिसलाई लाग्न सक्छ । विशेषगरी, महिला, बुढाबुढी र मोटोपन भएका व्यक्ति बाथरोगबाट बढी पीडित भएको पाइन्छ ।

किसिम 
बाथरोग सयभन्दा बढी किसिमका हुन्छन् । ओस्टियो अर्थाइटिस, गठिया बाथ, ल्युकोस र युरिक एसिड बढी पाइने बाथ रोग हुन् । बिरामीमा देखिने लक्षणका आधारमा बाथरोग छुट्याउन सकिन्छ । जुबिनाइन ग्रुप अर्थात् बाल्यकालमा हुने बाथ, एडल्ट र ४० वर्ष नाघिसकेका व्यक्तिमा हुने बाथलाई प्रमुख रूपमा लिइन्छ । अब जानौँ, बाथरोगका वभिन्न किसिमबारे :
 ओस्टियो अर्थाइटिस
बाथरोगमा सबैभन्दा बढी पाइने रोग हो ओस्टियो अर्थाइटिस ।

  •  बुढ्यौलीसँगै चोटपटक वा अन्य संक्रमणका कारण जोर्नी खिइने प्रकियालाई ओस्टियो अर्थाइटिस भनिन्छ । यसबाहेक, जोर्नीसम्बन्धी विभिन्न रोगका कारणसमेत जोर्नी खिइने हुन सक्छ ।
  •  ओस्टियो अर्थाइटिसको पूर्ण उपचार हँुदैन । यद्यपि, दुखाइ कम गर्ने औषधि सेवन र फिजियोथेरापीबाट पीडा कम गर्न सकिन्छ । समस्या ( जोर्नी खिइने ) अन्तिम चरणमा पुगिसकेको अवस्थामा जोर्नी फेरेर उपचार गर्न सकिन्छ ।गठिया बाथ
  •  बाथ गठिया रोग दुई प्रकारका हुन्छन् ।  सिरो पोजेटिभ र सिरो नेगेटिभ स्पोन्डिलो अर्थाइटिस । रोगसँग लड्ने क्षमताले नै गठिया बाथरोग निम्त्याउँछ । र, रगतमा बाथरोगका लक्षण सिर्जना गर्छ । अर्थात् प्रतिरोधी क्षमताले जोर्नीलाई नै खाने काम गर्छ । गठिया बाथ बाथरोगमध्येकै सबैभन्दा घातक हो । जसले छोटो अवधिमै जोर्नीमा असर पु¥याएर अंगहरूमा विकार ल्याउने गर्छ

युरिक एसिड

  •  युरिक एसिड शरीरमा हुने विकार वस्तु हो । जो कलेजोले उत्पादन गरेर मिर्गौलाको माध्यमबाट बाहिर फालिन्छ । कतिपय अवस्थामा युरिक एसिड बढी नै उत्पादन हुन्छ, जसले गर्दा रगतमा जम्मा भएर जोर्नीमा गएर बस्छ । यसले गर्दा जोर्नी दुख्ने वा सुन्निने हुन्छ । खानपानमा ध्यान दिन नसक्दा युरिक एसिड बढिरहेको हुन्छ । त्यसैले, रातो मासु, मदिरा, चिसा पेय पदार्थ र जंकफुडजस्ता खानेकुरा खानुहुँदैन । कागती पानी, अमिला फलफूल, जेरीजस्ता खानेकुरा खाएर र प्रशस्त पानी पिएर युरिक एसिडको मात्रा घटाउन सकिन्छ

लक्षण  

  •  जोर्नी सुन्निने, दुख्ने, चलाउन गाह्रो हुने अथवा सीधा तान्न र खुम्च्याउन गाह्रो हुने भएमा बाथरोग भएको बुझ्नुपर्छ । यसले विशेषगरी जोर्नीको लिगामेन्टमा असर पु-याउँछ ।
  •  बिहानको समयमा जोर्नी बढी नै दुख्ने, ज्वरो आउने, आलस्य हुने र कमजोर महसुस हुने हुन्छ ।

उपचार

  •  बाथरोग औषधिको माध्यमबाटै सजिलै नियन्त्रण गर्न सकिन्छ । सुरुवातीको चरणमा उपचार गराउन सकेमा भविष्यमा शरीर विकलांग हुनबाट बचाउन सकिन्छ । बिरामीको अवस्था हेरेर ओैषधि प्रयोग गर्न सकिन्छ ।
  •  यसबाहेक बायोलोजिकल एजेन्ट्सको माध्यमबाट पनि बाथरोगको उपचार सम्भव छ । तर, धेरै खर्चिलो पर्ने भएकाले यो नेपालमा उपलब्ध छैन ।
  •  बाथरोगको अर्को उपचार पद्धति फिजियोथेरापी हो । तर, यो रोगको सुरुवाती चरणमा मात्रै गर्नुपर्छ । यसले जोर्नीवरपरको लिगामेन्ट र मांसपेसीलाई बलियो बनाउने काम गर्छ । जसले गर्दा जोर्नीको दुखाइ कम हुँदै जान्छ ।

 

प्रतिक्रिया दिनुहोस्