Logo
|
Wednesday 24th April 2024
Logo

epaper

चिकित्सकविहीन प्रादेशिक अस्पताल



दाङमा रहेको आयुर्वेदिक प्रादेशिक चिकित्सालय विजौरी चिकित्सकविहीन बनेको छ। ७ जना चिकित्सकको दरबन्दी रहेको प्रादेशिक अस्पताल विजौरी अहिले चिकित्सकविहीन बनेको हो।

अस्पतालमा चिकित्सक अभाव हुँदा बिरारामी मारमा परेका छन्।एकजना अस्पताल निर्देशकको भरमा प्रादेशिक अस्पताल सञ्चालनमा छ। विगत ६ वर्षदेखि अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक छैनन्।

दुइ वर्षदेखि अस्पताल निर्देशकको रुपमा अस्पतालमा आएका डा. राम कामेश्वर ठाकुरले अस्पतालमा सेवा दिइरहेको छन् । प्रादेशिक आयुर्वेद चिकित्सालयमा अहिले विरामीको चाप बढेपछि चिकित्सकको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको डा. ठाकुरले बताए।

अहिले दैनिक सय बढी बिरामी आउँछन्।’सबैलाई बिहान ९ बजेदेखि बेलुकासम्म आफैले हेरिरहेको छु, डा.ठाकुरले भने, ‘दरबन्दी सातजनाको छ , तर चिकित्सक छैनन्।’

अस्पतालमा चिकित्सक अभावमा निर्देशकले गर्नुपर्ने कामभन्दा पनि बिरामी चेकजाँचमा महत्व दिनुपरेको डा.ठाकुरले बताए। बिरामीको चाप हुने अस्पतालमा त्यहि अनुसारको चिकित्सकको व्यवस्था हुनुपर्ने स्थानीय राकेश बस्नेत बताए।

बिरामी भरीभराउ हुन्छन्, दरबन्दी अनुसार चिकित्सकको सङ्ख्या कम छ, निर्देशक ठाकुरले भने,’ एकजनाले कति गर्न सकिन्छ र बिहान ९ बजे देखि बेलुका ८ बजेसम्म म आफै बिरामीको चेकजाँचमै खटिराखेको छु।’

दरबन्दीमा रहेका जनरल चिकित्सक गोकर्ण दहाल तुलसीपुर उपमहानगरपालिकामा स्वास्थ्य शाखा प्रमुख भएर काजमा गएका छन्। अन्य चिकित्सकको दरबन्दीअनुसार व्यवस्थापन हुनसकेको छैन्। ५ जना विशेषज्ञ डाक्टर र २ जना चिकित्सकको दरबन्दी रहेको चिकित्सालयमा विगत डेढ वर्षदेखि १ जना मात्र चिकित्सक रहेको उनले बताए।

चिकित्सालय अहिले दाङ, सल्यान, प्युठान, डोल्पा, रोल्पा, रुकुम, सुर्खेत, नेपालगञ्ज, रौतहत, बारा, दैलेख बाँके, बर्दिया, कपिलवस्तुबाट बिरामी आउने गरेका छन्।

चिकित्सालयले हाल बिरामीलाई ओपीडी, ल्याव, एक्सरे, इमरजेन्सी, अल्ट्रासाउण्ड, योग, पञ्चकर्म, क्षारशुत्र, पाइल्स फिष्टुला अपरेशनलगायतका सेवा दिँदै आएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालले नियमित चेकचाँज, इमरजेन्सी, अपरेशन र पञ्चकर्म सम्बिन्धका सेवा दिइरहेको छ।नेपालमै कम मात्रामा भएको क्षारसुत्र विधिमार्फत अपरेशन सेवा समेत प्रदान गरिँदै आएको निर्देशक ठाकुरले बताए। बिरामीमा ५० प्रतिशतभन्दा बढी ग्याट्रिककै बिरामी आउने गरेको निर्देशक डा. ठाकुरले बताए।

त्यस्तै, पायल्स फिष्टुलाका बिरामीको संख्या पनि धेरै छ । चिकित्सालयमा पाइल्सका बिरामी दैनिक १५ बढी आउने गरेको उनले बताए।आर्थिक वर्षमा २ सय ५ जना पाइल्सका बिरामीले अप्रेशनविधिबाट सेवा लिएका छन्। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्