Logo
|
Friday 29th March 2024
Logo

epaper

रगतको मौज्दात घट्यो



औपचारिक रक्तदान कार्यक्रम नहुँदा रक्त सञ्चार केन्द्र वीरगन्जमा मौज्दात घटेको छ । केन्द्रमा १ सय ५० देखि २ सयको हाराहारीमा मात्र रगतको मौज्दात रहेको छ । कुनै सामूहिक दुर्घटना भई हाले वा बिरामीको चाप बढे यतिको मौज्दातले धेरै दिन धान्न नसक्ने अवस्था छ ।

मौज्दातसहित नियमित माग धान्न केन्द्रमा कम्तीमा ५ सय देखि ६ सय पोका रगत हुनुपर्ने केन्द्रका प्रमुख सौरभराज पाण्डे बताउँछन् । गर्मी मौसम र मुस्लिम समुदायको रमजान महिना समेत परेकाले रक्तदान कार्यक्रम नियमित रूपमा नभएकाले मौज्दात घटेको उनले बताए ।

‘सामान्यता नेपालमा मात्र नभई एसियामै बर्सेनि जेठ र असार महिनामा गर्मीका कारण रक्तदान गर्ने प्रवृत्तिमा निक्कै कमी आउँछ,’ उनले भने, ‘जेठ २४ देखि नियमित रक्तदान कार्यक्रमको तालिका रहेकाले रगतको मौज्दात बढ्ने आशा गरेका छौं ।’ जेठ २४ वीरगन्ज २३ र पटेर्वासुगौली गाउँपालिकामा तथा त्यसै दिन बैंकर्स एसोसिएसनको पनि वीरगन्जमा रक्तदान कार्यक्रम परेकाले एकै दिन रगत संकलन हुने उनले बताए ।

हाल केन्द्रमा एबी पोजेटिभसमूहको रगत मौज्दात नरहेको उनले बताए । ओ पोजेटिभ र बी पोजेटिभको मौज्दात भने छ । वीरगन्जमा हालका दिनमा दैनिक ३० देखि ४० पोका रगतको आवश्यकता रहेको छ । यहाँका झन्डै एक दर्जन ठूला–साना अस्पताल तथा नर्सिङ होमबाट दैनिक रगतको माग आइरहन्छ । त्यसबाहेक रगतकै कारण कतिपय भारतीय बिरामी यहाँका अस्पतालमा भर्ना भईउपचार गराउँछन् ।

सीमावर्ती क्षेत्रमा रगत नपाइने भएकाले मृगौलाको डायलोसिस, थाइलेस्मिया, एनिमिया जस्ता रोगका बिरामी नेपाल आई उपचार गराउँछन् । यस्तो अवस्थामा रगतको माग पनि यसै केन्द्रले धान्नु परेको छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्