Logo
|
Thursday 28th March 2024
Logo

epaper

सिन्धुली अस्पताका डाक्टर काममा फर्के



 बिमारीका आफन्तले डाक्टरमाथि कुटपीट गरेको घटनालाई लिएर मंगलबारबाट आन्दोलित सिन्धुली अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी बुधबारबाट नियमिति काममा फर्केका छन्।

उनीहरुको सुरक्षाको प्रत्याभूति गर्ने र दोषीलाई तत्काल कानुनी दायरामा ल्याउने सहमति भएपछि उनीहरु अस्पतालको नियमिति काममा फर्कन सहमति भएका हुन्। बुधबार बिहान अस्पतालमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अस्पताल विकास समति, चिकित्सक, पत्रकार, नागरीक समाज लगायतको सर्वपक्षिय बैठकले दोषीलाई ७२ घण्टाभित्र कानुनी दायरमा ल्याउने सहमति भएपछि ओपीडिलगायतका सबै सेवा नियमित सूचारु गर्न डाक्टर तयार रहेको सिन्धुली अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सुमित्रा गौतमले जानकारी दिइन्।

सिन्धुली अस्पतालमा कार्यरत डाक्टर दिवस ढकालमाथि सोमबार राति १२ बजे श्रीमतीको उपचार गराउन आएका कमलामाई नगरपालिका-१० का कमलामाई नगरपालिका ५ मधुटार बस्ने कृष्ण बस्नेतले कुटपीट गरेको, महिला डाक्टरमाथि अभद्र व्यवहार गरेको र मंगलबार दिउँसो पनि केही अपरिचित व्यक्तिले डाक्टरमाथि दुव्र्यवहार गरेको भन्दै चिकित्सक ओपीडी सेवा बन्द गरेर आन्दोलित थिए।

७२ घण्टाभित्र दोषीलाई कानुनी दायरामा ल्याउने सुरक्षा निकायले प्रतिबद्धता जनाएपछि डाक्टर काममा फर्केका छन्। ७२ घण्टाभित्र दोसीमाथि कारबाही नभए पुनः आन्दोलन गर्ने डाक्टरले जनाएका छन्। सहमति पछि बुधबारबाट भने ओपिडी लगायतका सबै सेवा सूचारु भएका छन्।

अस्पतालका डाक्टरमाथि बिमारीका आफन्तले सुनियोजित रुपमा अक्रमण गरेपछि मंगलबारनै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो। सोही आधारमा दोषीलाई कानुनी दायरामा ल्याउने सुरक्षा निकालयले प्रतिबद्धता जनाएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले जनाए। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्