Logo
|
Thursday 18th April 2024
Logo

epaper

मुटुको चालसम्बन्धी शल्यक्रिया



Hams Hospital

 राजधानीको धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा मुटुको चाल गडबढी हुने शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
ह्याम्स हस्पिटलमा मुटुको चाल गडबढी हुने उपचार सम्भव भएसँंगै यो प्रविधिबाट उपचार गर्ने निजी क्षेत्रका स्वास्थ्य संस्थामा ह्याम्स पहिलो अस्पताल बन्न पुगेको छ । मुटुरोग विशेषज्ञ डा.रोशन राउतको नेतृत्वको टोलीले उक्त शल्यक्रिया सम्पन्न गरेको हो । यसअघि सरकारीस्तरबाट सन् २००४ मा शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा पनि मुटुको चाल गडबढी हुने शल्यक्रिया सुरु भएको थियो ।
मुटुरोग विशेषज्ञ डा. राउतले मुटुको चालको गडबढीसम्बन्धी शल्यक्रियाको लागि सुरुको अवस्थामा भारतबाट प्राविधिक बोलाइएको जानकारी दिनुभयो । उहाँले ह्याम्स हस्पिटलमा पाँच महिना अघिदेखि सुरु भएको यो उपचार विधिबाट हालसम्म ५० जनाको सफलतापूर्वक सम्पन्न भइसकेको जानकारी दिनुभयो । मुटुको चाल गडबढीसम्बन्धी रोग बालबालिकादेखि वृद्धसम्मलाई हुन सक्ने भन्दै डा. राउतले कतिपय व्यक्तिलाई यो रोग जन्मजात हुने बताउनुभयो ।
डा. राउतका अनुसार मुटुको चाल गडबड हुने रोगको शल्यक्रिया गर्दा खुट्टाबाट तार घुसाएर गर्ने गरिन्छ । मुटुको चालको गडबडी देखिएपछि बिरामीको खुट्टाबाट तार घुसाएर मुटुमा पु¥याइने र कुन तन्तुले गडबढी गरेको छ पत्ता लगाएर त्यसलाई जलाएर नष्ट पारिने उहाँले जानकारी दिनुभयो । अन्य शल्यक्रियामा समस्या दोहोरिन सक्ने भन्दै मुटुरोग विशेषज्ञ डा. राउतले यो प्रविधिबाट उपचार गर्दा एकपटक शल्यक्रिया गरिसकेपछि पछि पटक–पटक सोही समस्या नदोहोरिने भएकाले फाइदा हुने बताउनुभयो ।
मुटुको चाल गडबडीसम्बन्धी उपचार गर्ने थ्रीडी म्यापिङसहितकको अत्याधुनिक मेसिन हृयाम्समा जडान भइसकेको अस्पतालले जानकारी दिएको छ । डा. राउतले थप्नुभयो,“अत्याधुनिक मेसिनमार्फत मुटुको चाल गडबढीसम्बन्धी शल्यक्रिया गर्न सकिन्छ ।” उहाँले सामान्य खालको मुटुको चालसम्बन्धी शल्यक्रियालाई एक घन्टा र अति जटिल खालको गडबढीलाई १० घण्टासम्म लाग्ने जानकारी दिनुभयो ।
हृयाम्स हस्पिटलका निर्देशक डा.भाष्करराज पन्तले मुटुको चालसम्बन्धी उपचारलाई प्रभावकारीरूपमा निरन्तरता दिने बताउनुभयो । उहाँले ह्याम्स हस्पिटलमा मुटुको चाल गडबढीसम्बन्धी सम्र्पूण प्रविधि भित्रिइसकेकोले यसलाई निरन्तरता दिने स्पष्ट पार्नुभएको हो ।
मुटुरोग विशेषज्ञ डा. राउतले मुटुको चाल गडबढी छ छैन भन्ने सामान्य ईसीजीमार्फत् थाहा पाउन सकिने सुझाव दिनुभयो । उहाँले मुटुको चाल गडबढीसम्बन्धी शल्यक्रियाका लागि रोगको अवस्था हेरेर ७० हजारदेखि दुई लाख रुपियाँसम्म खर्च लाग्ने गरेको जानकारी दिनुभयो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्