Logo
|
Wednesday 24th April 2024
Logo

epaper

समता अस्पतालमा कसले मार्याे बिमलालाई ? ६ बर्षीया छोरा रुँदै आमा खोज्दैछन्



काठमाडौंको बौद्धस्थित समता अस्पतालमा सरसफाइ गर्ने एकजना महिलाको रहस्यमय मृत्यु भएको छ । अस्पतालमा कार्यरत बिमला तमाङ नाम गरेकी २७ वर्षीय महिलाको लाश मंगलबार बिहान सलले घाँटी बाँधेर झुन्डिएको अवस्थामा भेटिएको थियो । तमाङ सोमबार बिहान ७ बजे अस्पतालमा काम गर्न गएकी थिइन् । बेलुका ८ बजेसम्म घर नफर्केपछि तमाङका श्रीमान बुद्धराम योञ्जन र आफन्तहरु अस्पताल पुगेका थिए । अस्पतालका सबै कोठा चाहरे । तर अस्पतालको एउटा कोठामा प्रशासनले हेर्न दिएन । त्यसपछि उनका श्रीमान निरास भएर घर फर्के । भोलिपल्ट मंगलबार बिहान पुनः श्रीमती खोज्न अस्पताल पुगे । अस्पताल प्रशासनले हेर्न नदिएको कोठामा बिमला सलले घाँटीमा पासो लगाएर झुण्डिको अवस्थामा भेटिइन् । पबित्राकी ६ वर्षीय छोरा अरुणिमा स्कुलमा पढ्छन् । हस्पिटल र बिद्यालय नजिक भएकाले बिमला छोरा लिन नगएपछि स्कुलले श्रीमान बुद्धराम योञ्जनलाई फोन गरेको थियो । त्यसपछि बुद्धराम श्रीमती खोज्न निस्किएका थिए ।

समता हस्पिटलका सञ्चालक उत्तम सञ्जेल हुन् । मृतक बिमलाका आफन्तहरुले उनलाई मृत्यु गराउनमा हस्प्टिल सञ्चालक सञ्जेलकी श्रीमतिको हात हुनसक्ने आशंका गरेका छन् । सञ्जेलकी श्रीमतिको नाम कला हो । उनी अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत छिन् । मृतकका आफन्तहरुले सञ्जेलकी श्रीमति कला र अस्पतालका अन्य ३ जना कर्मचारीलाई छानबीनका लागि हस्पिटलमा थुनेर राखेका छन् । पुलिस प्रशासनले घटनाको सत्य तथ्य छानबीन गरिरहेको छ । तर मृतक बिमलाका आफन्तहरुले भने पूर्ण रुपमा छानबीन नगरी लाश नबुझ्ने बताएका छन् ।

के भन्छन मृतकका आफन्त ? 

मृतक बिमला २ महिनादेखि समता अस्पतालमा कार्यरत थिइन् । सोमबार बेलुका मृतक पबित्राका श्रीमान बुद्धरामले श्रीमतिको मोबाइलमा फोन गर्दा उत्तम सञ्जेलकी श्रीमति कलाले उठाएको बुद्धरामको भनाइ छ । सोमबार बेलुका श्रीमति खोज्न हस्पिटल पुग्दा एउटा कोठामा हेर्न नदिएको र भोलिपल्ट पुन खोज्न जाँदा सोही कोठामा श्रीमति झुन्डिएको अवस्थामा भेटिएको घटना निकै रहस्यमय छ । यति मात्र कहाँ हो र श्रीमतिलाई फोन गर्दा सञ्जेलकी श्रीमतिले मृतक बिमलाको फोन उठाएको भन्ने विषयले घटना अझ रहस्यमय बनाएको छ । यदि बिमलाको हत्यामा उत्तम सञ्जेलकी श्रीमति कलाको हात नहुँदो हो त किन अस्पतालको सबै कोठा हेर्न दिइएन अनि मृतक बिमलाको मोबाइल कसरी सञ्जेलकी श्रीमतिको हातमा पुग्यो ? यसप्रति सम्बन्धित निकाय गम्भीर भएर छानबीन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्