Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

मानसिक सन्तुलन गुमाएका वेवारिसे व्यक्तिहरुको निःशुल्क उपचार र पुनर्स्थापना



नेपाल सरकारले मानसिक सन्तुलन गुमाएका वेवारिसे व्यक्तिहरुको निःशुल्क उपचार र पुनर्स्थापना शुरु गरेको छ । इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाले मानसिक सन्तुलन गुमाएका बेवारिसे मानिसहरुको उपचार र पुनर्स्थापनाका लागि आव्हान गरेको अस्पतालहरुको स्थलगत अनुगमन गरी सम्बन्धित अस्पतालहरुलाई जिम्मेवारी सुम्पेको छ । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको उपचारका लागि पहिलो चरणमा ३ वटा अस्पताल छनौट गरिएको छ । छनौटमा परेका अस्पतालहरुमा चितवनको भरतपुर अस्पताल, काभ्रेको धुलिखेल अस्पताल र ललितपुरको रिदम न्युरोसाईक्याट्रिक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि रहेका छन् । यसैगरी मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको पुनस्र्थापनाका लागि पहिलो चरणमा ललितपुरको बागडोलस्थित कोसिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन, काठमाडौंको नयाँपाटीस्थित मेरिनोल नेपाल, मकवानपुरको हेटौडास्थित मानव सेवा आश्रम र बाँकको नेपालगञ्जस्थित असाहय, असतm तथा जेष्ठ नागरिक पुनस्थापना केन्द« गरी चारवटा संस्थालाई छनौट गरिएको छ ।

छनोटमा परेका संस्थालाई बिरामीहरुको उपचार सेवा गरेबापत् सरकारले दैनिक ६०० रुपयाँ र पुनरस्थापना लागि दैनिक ५०० रुपियाँ र औषधि खर्च स्वरुप मासिक ४००० रुपियाँ दिने व्यवस्था मिलाइएको छ ।

आगामी वर्षदेखि स्थानीय तहलाई यस प्रकारको समस्या समाधानका लागि जिममेवारी दिने तयारी रहेको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. फणिन्द्र प्रसाद बरालले जानकारी गराउनुभयो ।

महाशाखाले अशक्त असहाय र बेवारिसे मानसिक रोग वा मनोसामासिक समस्या भएका बिरामीहरुको उपचार तथा पुनस्थापनाको कार्यक्रम सन्चालक कार्यविधि २०७६ अनुसार यो सेवा दिन लागेको हो । यो कार्यविधि गत १६ बैशाखामा मन्त्री स्तरीय निर्णयबाट पास भएको थियो ।

प्रतिक्रिया दिनुहोस्