Logo
|
Friday 29th March 2024
Logo

epaper

स्टार हस्पिटल र महिला सहकारी संस्थाबिच सम्झौता



ललितपुरको सानेपा स्थित स्टार हस्पिटल र महिला सहकारी संस्था, ग्रामिण महिला लघु ऋण परियोजना, कुलेश्वरबिच सहकार्य गर्ने सम्झौता भएको छ ।सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्रो. डा. प्रकाश राज रेग्मी तथा महिला सहकारी संस्थाका तर्फबाट संस्थाका सि.ई.ओे अमृत प्रसाद कायास्थले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार स्टार हस्पिटलले महिला सहकारी संस्थाका कर्मचारी, शेयरधनी तथा सदस्यहरुलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने भएको छ ।छुट सुविधा प्राप्तगर्न सहकारी संस्थाका सदस्यहरुले संस्थाको परिचय पत्र देखाउनुपर्नेछ । साथै अस्पतालले आगामी दिनहरुमा पनि सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थासंग निरन्तर सहकार्य गर्दै जाने अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्