Logo
|
Saturday 20th April 2024
Logo

epaper

एम.आर.आई.मा ५० प्रतिशतसम्म छुट



के तपाईं आर्थिक अभावमा एम.आर.आई.लगायतका डायग्नोष्टिक सेवाबाट बञ्चित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले ५० प्रतिशतसम्मको छुटमा सरकारी सोसरहको दरमा एम.आर.आई.लगायतका रेडियोलोजीसम्बन्धि सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ ।

काठमाडौंको नक्साल नारायणचौरस्थित एम.आर.आई.सेन्टरले २० वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सरकारी सोसरहको दरमा एम.आर.आई., सिटी स्क्यान, मेमोग्राफी, एक्सरे, अल्ट्रासाउन्ड तथा ओपिजी (सिबिसिटी) लगायतका सेवा उपलब्ध गराएको आज सेन्टरले आयोजना पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बि.सं.२०५६ सालमा स्थापना भएको सेन्टरले २० औं वर्षको सुखद् उपलक्ष्यमा १० हजार ५ सय रुपियाँ पर्ने एम.आर.आई. सेवामा ३३ प्रतिशत छुट दिएर ७ हजारमा उपलब्ध गराएको छ । यसैगरी ४ हजार रुपियाँदेखि १४ हजार रुपियाँ सम्मपर्ने सिटी स्क्यानमा ३५ प्रतिशत छुट दिएर २ हजार ६ सयदेखि ९ हजार १ सय रुपियाँ, एक हजार पर्ने अल्ट्रासाउन्डमा २० प्रतिशत छुट गरेर ८ सय रुपियाँ, एक हजार रुपियाँ पर्ने डेन्टल ओपिजी १० प्रतिशत छुट दिएर ९ सय रुपियाँ, ३ हजार रुपियाँ पर्ने मेमोग्राफीमा ५० प्रतिशत छुट दिएर १ हजार ५ सय रुपियाँ कायम गरिएको छ । सरकारी अस्पतालहरुको रेडियोलोजी सेवाको चापलाई मध्यनजर गरेर सरकारी सोसरहको दरमा बिरामीहरुलाई सुविधा दिने सञ्चालक समितिले निर्णय गरेको सेन्टरका प्रबन्धक नबिन बस्नेतले जानकारी दिनुभयो । बिरामीले सम्बन्धित सेवाको रिपोर्ट लिन धेरै समय कुर्नुनपर्ने र जति सक्दो चाँडो बिरामीलाई रिपोर्ट उपलब्ध गराउने बस्नेतले स्पष्ट पार्नुभयो ।
अल्ट्रासाउण्ड, सिटी स्क्यान, एमआरआइ, पेट स्क्यानको आविष्कार सँगै रेडियोलोजी सेवाले दुइ तीन दशकयता निकै फड्को मारेको पाइन्छ, जसले गर्दा रोगहरु पत्ता लगाउन र उपचारमा निकै सजिलो भएको छ ।

एम.आर.आई.

एमआरआइ चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधि हो । मुख्यतया स्नायु, मेरुदण्ड, हाडजोर्नी सम्बन्धी रोग पत्ता लगाउन बढी प्रयोग हुन्छ । ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको संक्रमण वा ट्यूमरको विशेष जानकारी लिन यसबाट जाँच गर्नु निकै महत्वपूर्ण छ । दिमाग र मेरुदण्डको ट्यूमरको जाँच र उपचारका लागि एमआरआई गर्नु अत्यावश्यक भएको सेन्टरका रेडियोलोजिपष्ट डा.निर्मल प्रसाद न्यौपानेले बताउनुभयो । एमआरआईको मद्धतले नरम तन्तुहरु स्पष्टसँग देखाउँछ । आधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्या स्पष्टसँग पहिचान गर्न सकिन्छ । एमआरआईमा अत्यधिक चुम्बकीय शक्ति हुने भएकाले फलामजन्य धातुहरु, मोबाइल, फोन, घडि, क्रेडिट कार्ड तथा बिद्युतीय उपकरणहरु लैजान नमिल्ने डा. न्यौपानेले स्पष्ट पार्नुभयो ।

सिटी स्क्यान
सिटी स्क्यानको प्रयोगले रोग पहिचानमा निकै ठूलो मद्धत पु¥याएको छ । ट्रमा सम्बन्धि घटनामा टाउको तथा अन्य अंगको पहिचान गर्न छिटो र सरल तरिका सिटी स्क्यान हो । यसबाट मस्तिष्कमा रगत जमेको, हड्डी तथा करंगहरु भाँचिएको तुरुन्त पत्ता लगाउन सकिन्छ । पेट तथा छातिका रोग निदान गर्ने भरपर्दो प्रविधि सिटी स्क्यान नै हो । धमनी सम्बन्धी रोग पत्ता लगाउनेदेखि पेट तथा छाति, टाउकोका क्यान्सर पत्ता लगाउन ठूलो मद्धत पुग्ने रेडियोलोजिष्ट डा. न्यौपानको भनाइ छ ।

अल्ट्रासाउण्ड

चिकित्सा क्षेत्रमा अल्ट्रासाउण्डको प्रयोग दिनानु दिन बढ्दै गएको छ । यसको प्रमुख कारण बिरामीलाई नकारात्मक असर नपर्नु, परीक्षण शुल्क सापेक्षित कम हुनु र यसको सेवा प्रायः हरेक अस्पताल वा क्लिनिकमा सजिलै उपलब्ध हुनु हो ।

रेडियोलोजिष्ट डाक्टर न्यौपानेका अनुसार, अल्ट्रासाउण्ड, अति सूक्ष्म ध्वनिको प्रयोगबाट शरीरको अंग जाँच गर्ने आधुनिक उपकरण हो । यसको प्रयोग शरीरको प्रायः हरेक अंगमा गर्न सकिन्छ । गर्भावस्थामा भू्रण अवस्थादेखि डेलिभरि समयसम्म आमा र बच्चा दुवैको समस्या पहिचान गर्न सकिन्छ । पेटको अल्ट्रासाउन्डबाट मिर्गौलाको पत्थरी, पित्तथैलीको पत्थरीलगायत फ्याटी लिभर, प्याँक्रियाज, प्रोस्टेट, पाठेघरको समस्या एकदम सरल तरिकाले पत्ता लगाउन मद्धत गर्छ । स्तन तथा थायराइडको प्रारम्भिक जाँच अल्ट्रासाउन्डबाट पहिचान गरिन्छ । रगतका धमनीमा भएको समस्या पत्ता लगाउनमा अल्ट्रासाउन्ड कलर डप्लरको प्रयोग गरिन्छ । जस्तैः रेनल डप्लर, क्यारोटिड डप्लर, भेनस डप्लर आदि ।

एक्स—रे

सन् १८९५ मा एक्स—रे को आविष्कार भएतापनि यसको उपयोग निकैपछि चिकित्सा विज्ञानमा भएको पाइन्छ । एक्स–रे एक्सपोज गर्दा विकीरण निस्कने भएकाले सम्बन्धित चिकित्सकको सिफासिरमा मात्र यसको प्रयोग हुनु जरुरी छ । विशेषगरी भर्खर गर्भधारण गरेका महिलाहरु यसबाट बच्न नितान्त जरुरी छ किनभने विकिरणको असर भ्रूणमा निकै नराम्रो पर्छ जसले गर्दा अंगभंग भएको वा अणुवांशिक असर भएको बच्चा जन्मन सक्ने सम्भावना रहने एमआरआई सेन्टरका रेडियोलोजिष्ट डाक्टर न्यौपानेले जानकारी दिनुभयो । अस्पतालमा आएका बिरामीहरुको आवश्यकता अनुसार प्रारम्भिक जाँच मुख्यतया एक्स–रे जाँचबाट नै शुरु हुने गर्दछ । हाड जोर्नीको समस्या हुँदा वा हड्डीहरु भाँचिएको, छातीमा संक्रमण आदिमा एक्स–रे जाँचले प्रारम्भिक समस्या पहिचान गर्न मद्धत पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस्