गोरखामा न्वारनको भोज खाँदा ३५ जना बिरामी
शहिद लखन गाउँपालिका–६ घैरुङ बतासेमा न्वारनको भोज खाँदा ३५ जना भन्दा बढी बिरामी परेका छन् । सोमबार स्थानीय फुल माया श्रेष्ठको घरमा न्वारणको भोज खाएपछि बिरामी परेका हुन् ।
भोज खान गएका स्थानीय मंगलबारबाट बिरामी पर्न थालेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए ।
‘स्वमसेविकहरुले बिहान खबर गरेपछि घैरुङ स्वास्थ्यचौकी र गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी गाउँमै पुगेर खटिएका छौ, उनले भने, ‘बिरामीहरुमा पखाला लाग्न, ज्वरो आउने, समस्या देिएको छ ।’
हाल बिरामीको स्वास्थ्य अवस्था सुधार हुँदै आएको उनले बताए । नयाँ पत्रीकाबाट