Logo
|
Wednesday 24th April 2024
Logo

epaper

अझै टुंगिएन स्वास्थ्यका कर्मचारीको समायोजन 



सरकारले कर्मचारी समायोजन सकिएको घोषणा गरेको तीन महिना नाघिसक्दा पनि स्वास्थ्यतर्फ ठूलो संख्याका कर्मचारीको समायोजन नै भएको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन टुंगिएको घोषणा गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यतर्फका करिब एक हजार कर्मचारीको मात्रै समायोजन सकिएको जनाएको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्यतर्फ समायोजन हुनुपर्ने कर्मचारीको संख्या २७ हजार पाँच सय छ । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले हालसम्म ११औँ तहको समायोजन सकिएर मेडिकल एसिस्टेन्ट, बायोमेडिकल इक्विपमेन्ट एसिस्टेन्टलगायत केही पदको समायोजन सुरु भएको बताए । अहेव र अनमी पदका मात्रै २१ हजार कर्मचारी समायोजन नभएको उनले बताए । संघीय मामिला मन्त्रालयका कारण समायोजनमा ढिलाइ भएको प्रवक्ता श्रेष्ठको आरोप छ ।

तर, संघीय मामिला मन्त्रालयले भने समायोजनको प्रक्रिया सकिएको दाबी गरेको छ । ‘हामीले प्रक्रिया टुंग्याएर स्वास्थ्यमा पठाइसकेका हौँ,’ मन्त्रालयका प्रवक्ता भूपाल बरालले भने, ‘के कारणले ढिलाइ भएको भन्ने विषयको यथार्थ जानकारी त स्वास्थ्य मन्त्रालयलाई नै होला ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ चैतमा कर्मचारी समायोजन टुंगिएको घोषणा गरेको थियो । समायोजन सकिएपछि गुनासो सम्बोधनमार्फत समायोजनको असन्तुष्टि मत्थर पार्ने प्रयास गरेको थियो । लामो समय र ठूलो विवादबीच समायोजन अघि बढाइए पनि अझैसम्म स्वास्थ्यतर्फका कर्मचारीको समायोजनको अड्को फुकेको छैन । स्वास्थ्य समूहबाहेकका अधिकांश कर्मचारीको समायोजन भने सकिएको छ । नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्