Logo
|
Saturday 20th April 2024
Logo

epaper

जनकपुर जलमग्न, अस्पतालमा पानी पस्यो, बिरामीलाई समस्या



निरन्तर बर्षाका कारण धनुषा जिल्लास्थित जनकपुर अञ्चल अस्पताल परिसरमा पानि जमेको छ । जसका कारण बिरामीहरुको उपचारमा समस्या भइरहेको छ ।

जनकपुरधामको मुख्य सडकहरुका २ फिट भन्दा माथी पानि जमेको छ । अस्पताल परीसर जलमग्न हुदाँ बिरामीलाई आवातजावतमा सास्ती भइरहेको छ । यातायातका साधनहरुमा  समेत प्रभाव परेको छ ।

जनकपुरधाम नगरपालिका जलमग्न भएको छ । जनकपुरधाम लगायत विभिन्न गाउँपालिकाका घर, शैक्षिक संस्था, अस्पताल तथा विभिन्न सरकारी कार्यलयहरुमा पानि पसेको छ । हालसम्म जनकपरधाम नगरमा मात्र एक हजार भन्दा बढि घरमा पानी पसेको स्थानियले जानकारी दिएका छन् ।

लाखौँ रकम खर्च गरेर नाला सडक निमार्ण भएपनी नाला जामका कारण जनकपुरधाममा बढि समस्या देखिएको छ । धनुषा जिल्लाको एकदर्जन गाविस डुवानमा परेका छन् । जिल्लाबाट बग्ने कमला, जलाधि, जमुनी लगायतका नदिहरु खतरामाथी बगिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्