Logo
|
Friday 19th April 2024
Logo

epaper

डडेल्धुरा अस्पतालमा विवाद : चिकित्सकले छाडे जिल्ला



डडेल्धुरा अस्पतालमा विवाद : चिकित्सकले छाडे जिल्ला

डडेल्धुरा अस्पतालको विवाद बल्झिदै गएको छ। अस्पतालमा कार्यरत चिकित्सकहरु जिल्ला छाडेर धनगढी आइपुगेका छन्।

धनगढीमा आइपुगेका चिकित्सकहरुले आइतबार पत्रकारसँग भेटघाट गर्दै काम गर्ने वातावरण नभएको गुनासो गरे। ‘अस्पतालमा पटक–पटक बिना कारण चिकित्सकमाथि आक्रमण हुन थाल्यो’,डाक्टर नवराज जोशीले भने,‘कसरी काममा फर्किने?’

असार २५ गते मृतक शव पोस्टमार्टमको विषयलाई लिएर चिकित्समाथि आक्रमण भएको थियो। अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकको आरोप छ।

‘प्रहरीको रिपोर्ट आएपछि चिकित्सकहरुले पोस्टमार्टम गर्ने हो’, डा.जोशीले भने,‘पोस्टमार्टम गर्ने क्रममा बाहिरबाट हुलदंगा गरेर भित्र आए। त्यसपछि पोस्टमार्टमा संलग्न चिकित्सक काम छोडेर बाहिर लागेका हुन्।’

आक्रमण गर्नेलाई कारवाही नहुञ्जेल नियमित काममा नफर्कने पोस्टमार्टमा संलग्न डाक्टर दिनेश उपाध्यायले बताए। ‘असार २५ गते चिकित्सकमाथि आक्रमण भयो। डाक्टरहरुले आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दा पनि कुनै कतैबाट सुनुवाइ भएन’, उनले भने।

त्यस्तै नेपाल चिकित्सक संघ सुदूरपश्चिम संयोजक प्रमोद जोशीले कार्यकक्षमै चिकित्सकमाथि आक्रमण हुँदा पनि स्थानीय प्रशासन कुनै पनि कदम नचाल्नु आपति जनक कुरा भएको बताए। ‘४ दिन वितिसक्दा पनि चिकित्सकलाई आक्रमण गर्नेको सुनुवाई भएको छैन’, उनले भने,‘दोषीलाई २४ घण्टाभित्र कानूनी दायरा भित्र नल्याए आन्दोलनमा जान बाध्य हुने छौं।’

अस्पतालमा उपचार सेवा बन्द हुँदा विरामीहरुलाई सास्ती भएको छ। डडेल्धुरामा उपचार बन्द भएपछि धनगढीका अस्पतालमा भने विरामीको चाप बढेको छ।अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्