Logo
|
Thursday 18th April 2024
Logo

epaper

एलपी ग्याँस सचेतना अभियानः घरको भान्छामा पुग्ने ग्याँसको प्रयोगमा ध्यान दिन आग्रह



ॐ ग्याँस कम्पनिले एलपी ग्याँसबाट हुनसक्ने दुर्घटना न्युनिकरणसम्बन्धि सचेतना अभियान शुरु गरेको छ । कम्पनिले काठमाडौंको टोखा नगरपालिकामा गरेको सचेतना अभियानमा एलपी ग्याँसको बढ्दो प्रयोग र यसबाट हुनसक्ने सम्भावित दुर्घटना न्युनिकरणसम्बन्धि विषयमा नगपालिकाकाबासीहरुलाई सचेत गराइएको छ ।
सो अवसरमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले हरेक घरको भान्छामा पुग्ने ग्यासको प्रयोगमा ध्यान दिनुपर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो—‘हरेक भान्छाको पुग्ने ग्यास प्रयोगमा हरेक उपभोक्ता सचेत बन्नुपर्छ । रेगुलेटर र पाइप पनि नेपाल गुणस्तर चिन्ह भएकै प्रयोग गर्दा त्यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ ।’
यो अभियानबाट नगरपालिकाकाले पनि ग्याँसको सुरक्षित प्रयोगबारे बेलाबेलामा नगरबासीहरुलाई सचेत गराइरहने प्रतिवद्धता व्यक्त गरिएको छ । मेयर अधिकारीले यो अभियानका लागि नगरपालिकाले बजेटसमेत बिनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपाल आयल निगमका प्रतिनिधि सुमन पुडासैनी (एलपिजि बिभाग), नेपाल गुणस्तर तथा नापतौल बिभागका प्रतिनिधि मनोज उपाध्यायय लगायतले जनस्तरमा सचेतनाकालागि प्रभावकारी भूमिका खेल्न यस किसिमको सहकार्य अपरिहार्य भएको बताउनुभयो ।
त्यसैगरी, ग्याँस बिक्रेता महासंघ नेपालका अध्यक्ष महेश्वर श्रेष्ठले आफू नेतृत्वमा आउँदा गरेको प्रतिवद्धता अनुसार बिक्रेताको कमिशन बढेको बताउँदै अब डिलर प्रमाणिकरणलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर थापाले महासंघले ग्याँसको सुरक्षित प्रयोगका लागि विभिन्न नगरपालिकाको सहकार्यमा सचेतना कार्यक्रम गर्दै आएको बताउनुभयो ।
सो अवसरमा ओम ग्यासका अध्यक्ष हरि प्रसाद पाठकले आफू ग्यास क्षेत्रको सुधारका लागि सँधै प्रतिवद्ध रहेको बताउँदै त्यही प्रतिवद्धता अनुसार सचेतना कार्यक्रम गरेको जानकारी दिनुभयो ।
‘हामी उद्योगी मात्र नभई उपभोक्त पनि भएकाले ग्याँस उद्योगको पूर्वाधारदेखि ढुवानीसम्मको सुरक्षालाई ध्यान दिइरहेका छौं’—पाठकले भन्नुभयो ।
केही वर्ष अघिसम्म आयल निगमले नै ग्याँस सचेतना कार्यक्रम गर्नुपर्ने भन्दै अडान राख्दै आएका उद्योगीहरु पछिल्लो समयमा आँफै सचेतना अभियानका लागि अग्रसर हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्