Logo
|
Friday 19th April 2024
Logo

epaper

आर्थिक वर्ष २०७५/०७६ मा स्वास्थ्य मन्त्रालयको मुख्य उपलब्धि, ७९ प्रतिशत कार्ययोजना सफल भएको विवरण प्रस्तुत



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७५/२०७६ मा सरकारको नीति तथा कार्यक्रममा परेका ७९ प्रतिशत कार्ययोजना सफल भएको बताएको छ । स्वास्थ्य मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७५/२०७६ मा ६५ वटा नीति तथा कार्यक्रममध्ये ७९ प्रतिशत कार्य सम्पन्न गर्न सफल भएको, १५ प्रतिशत प्रगतिमा रहेको र ६ प्रतिशत गर्न नसकेको जानकारी दिइएको छ ।


सरकारले आर्थिक वर्ष २०७५/२०७६ मा मा राष्ट्रिय स्वास्थ्य नीति २०७६, जनस्वास्थ्य सेवा ऐन २०७५, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५, स्वास्थ्य बीमा नियमावली २०७५, अशक्त, असहाय र बेवारिसे मनोसामाजिक बिरामीहरुको उपचार तथा पुनस्र्थापना कार्यविधि जारी गरी कार्यान्वयनमा ल्याएको छ । यसैगरी ८३ वटा जिल्लास्तरका अस्पतालहरुमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि न्युनतम सेवा मापदण्ड, जेष्ट नागरिक वार्ड स्थापना तथा सञ्चालन कार्यन्वयन निर्देशिका, सगरमाथा अञ्चल अस्पताललाई रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तरोन्नति गर्न सफल भएको छ । साथै आधारभूत स्वास्थ्य सेवा प्याकेज, जनस्वास्थ्य सेवा नियमावली, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली, महिला स्वास्थ्य स्वयंसेविका रणनीति, ई—हेल्थ स्ट्राटेजी, राष्ट्रिय आप्रवास स्वस्थ्य नीति २०७६, लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीतिको मस्यौदा तयार गर्न सफल भएको छ । यसैगरी मेडिकोलिगल सञ्चालन निर्देशिका २०७५ स्वीकृत गर्नुका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीलाई गर्ने व्यवहारसम्बन्धि आचारसंहिता लागू गरेको छ । यसका साथै जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय तथा उपक्षेत्रीय अस्पताल, क्षेत्रीय स्वास्थ्य निर्देशनालाय, क्षेत्रीय मेडिकल स्टोर, क्षेत्रीय तालिम केन्द्र लगायतका संरचना सम्बन्धित प्रदेश सरकार र जिल्ला सदरमुकाम बाहिरका १५ शैयासम्मका प्राथमिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, शहरी स्वास्थ्य केन्द्र स्थानीय तहलाई हस्तारन्तरण गरेको छ ।
स्वास्थ्य तथा पोषण क्षेत्रको १५ औं योजनाको आधारपत्र स्वीकृत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य संस्था पंजिकरण, अनलाईन गुनासो व्यवस्थापना र नियमित तथ्यांकको गुणस्तर परीक्षणका लागि छुट्टै सफ्टवेयरको व्यवस्था, १४ वटा अस्पतालहरुमा डिजिटल हेल्थ एसिस्मेन्ट सम्पन्न, स्थानीय तथा प्रादेशिक तहको अनुगमन मुंल्यांकन निर्देशिका, स्वास्थ्य संस्था पंजिकरण प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यसैगरी ७५३ मध्ये ५५३ स्थानीय तहबाट स्वास्थ्य व्यवस्थापन प्रणालीको अनलाई प्रतिवेदन तयार भइरहेको छ भने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा छलफल सम्पन्न भइसकेको छ ।
यसैगरी सेवा प्रवाहअन्तर्गत ४६ जिल्लाका ४ सय ५६ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गरी बीमितहरुको संख्या १८ लाख पुर्याउन सफल, गर्भवती जाँच तथा सुत्केरीका लागि दोब्बर यातायात खर्च दिने, कोशी अञ्चल अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल, भरतपुर अस्पताल, भेरि अञ्चल अस्पताल र डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई संघीय सरकारअन्तर्गत रहने गरी विशिष्टिकृत सेवा सञ्चालन गर्ने गरी तृतिय तहको अस्पतालमा स्तरोन्नति, १२ वटा अस्पतालमा जेष्ठ नागरिक वार्ड सञ्चालन, ५४ वटा जिल्लामा ५५ वटा एकद्धार संकट व्यवस्थापन केन्द्र र ३५ अस्पतालमा सामाजिक सेवा इकाई विस्तार भएको छ । जनकपुर अञ्चल अस्पताल र राजबिराज अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआईसियू) टर्सरी केयर ( विशिष्टकृत सेवा सेन्टर स्थापना गरिएको छ । विपन्न कार्यक्रम अन्तर्गत क्यान्सर, मुटुरोग, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर, पार्किन्सन्स, सिकलसेल, एनिमिया रोग उपचारका लागि अधिकतम एक लाख रुपियाँ सहुलियत लिनेको संख्या ३५ हजार ६ सय पुगेको छ भने महाराजगंजस्थित त्रि.बि. शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा शुरु गरिएको छ । यसैगरी प्रदेश नम्बर एक, गण्डकी प्रदेश र कर्णाली प्रदेशका जिल्लास्तरदेखि माथिका सबै अस्पताल, सदुरपश्चित प्रदेश महाकाली, डडेल्धुरा र सेति अस्पतालमा विपद व्यवस्थापन योजना, प्रत्येक प्रदेश तथा स्थानीय तहमा द्रुत टोली र आपत्कालीन चिकित्सकीय टोली तयार पारी परिचालनका लागि सक्रिय राख्न २५ वटा हवको रुपमा रहेका ठूला अस्पतालहरुमा आपतकालीन चिकित्सकीय टोली तयार गरिएको छ । सातै प्रदेशका निकायका तथा हव स्याटलाइट अस्पतालहरुमा विपद्को पूर्व तयारी, हावाहुरी प्रवाहित क्षेत्रहरुमा चिकित्सकसहितको टोली परिचालन गरिएको छ । स्वास्थ्य क्षेत्रमा बिनियोजित बजेटबाट यति धेरै काम सम्पन्न हुन सकेको भन्दै उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले खुशी व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्