Logo
|
Thursday 25th April 2024
Logo

epaper

सुत्केरीलाई एक लिटर मह र ध्यू



सुत्केरीलाई एक लिटर मह र ध्यू

गल्याङ नगरपालिका–१०ले आफ्ना वडाका सुत्केरी महिलालाई एक लिटर मह र घ्यू वितरण गरेको छ।

मातृशिशु पोषण कार्यक्रम अन्र्तगत ११ महिने सुत्केरी आमालाई मह र र घ्यू प्रदान गरेको वडा अध्यक्ष धु्रवप्रसाद शर्मा पंगेनीले जानकारी दिए। ‘सुत्केरी आमाले पौष्टिक तत्व खाए मात्र आमा र शिशु दुबैको स्वास्थ्य राम्रो हुन्छ। स्वस्थ्य बालकले हाम्रो भविष्य राम्रो बनाउँछ’, उनले भने।

वडाले अघिल्लो वर्षको २०७५ साउनदेखि यही असार २० गतेसम्मका सुत्केरीका लागि उपहार दिएको हो। यसअघि पनि वडाले कागती, अर्गानिक तरकारी, भिरालो बाँझो जमिनमा टिमुर जस्ता उदाहरणीय काम जारी राखेको वडा सदस्य ताराबहादुर गाहले बताए।  अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्