Logo
|
Friday 19th April 2024
Logo

epaper

मोटोपन घटाएर शरीरलाई फिटनेस राख्न अपनाउनुहोस् यस्ता फर्मुला



 बदलिदो समयसगै जीवनशैलीमा पनि परिवर्तन आएको छ । विभिन्न कारणले गर्दा मोटोपन अर्थात् वजन बढ्नु अहिले सामान्य बनेको छ । मोटोपनको कारण मानिस चिन्तित बनेको देखिन्छ भने मोटोपन घटाउनकालागि अनेक तरिका अपनाइन्छ । तर स्वास्थ्यकोलागि कतिपय घरेलु तरिका नै लाभदायक हुन सक्छन । आफ्नै वरिपरि रहेका ती कुराको प्रयोग गरेर मोटोपन घटाउने घरेलु उपाय यसप्रकार छन्

ग्रिन टी

चिया धेरैको जीवनशैलीको अभिन्न अंग हो । बिहानै दुध चियाको सट्टा ग्रिन टी पिउँदा दोहोरो फाइदा हुन्छ । एउटा त चियाको तलतल मेट्छ, अर्को यसमा रहेको पोलिफेनाल्स नामक तत्वले बोसो घटाउन सहयोग गर्छ । युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका शोधकर्ताले यो पत्ता लगाएका हुन् ।

मह र कागती

कागती र मह मिसाएर खानाले वजन कम हुन्छ । एक गिलास पानीमा मह र कागती राखेर थोरै कालीमर्चा राख्नुपर्छ । बिहान उठ्नेबित्तिकै नियमित यसको प्रयोगले वजन घटाउन मद्दत गर्छ ।

लौका

लौकामा पानी र रेशाको मात्रा अधिक हुन्छ । यसलाई तरकारीका रुपमा पनि खान सकिन्छ र जुस पनि पिउन सकिन्छ । १०० ग्राम लौकाको जुसमा केवल १२ क्यालोरी हुन्छ ।

स्याउको जुस

स्याउको जुस हरेक बिहान पिउन सक्यो भने वजन क मगर्न सघाउँछ । यसले रक्तसञ्चार नियमित गर्छ । जसले गर्दा शरीरका सम्पूर्ण प्रणाली सहज रुपमा आफ्नो कार्य गर्न पाउँछन् र बोसो सञ्चित हुने संभावना कम हुन्छ ।

धनियाँ

धनियाँले किड्नीको सफाइ गर्ने काम गर्छ । किड्नीमा रहेको विकार बाहिर निकालेर स्वस्थ रहन मद्दत गर्नुका साथै पेटसँग सम्बन्धित रोग पनि ठिक पार्छ । यसले छिटै भोक लाग्ने समस्याबाट मुक्त गर्छ ।

टमाटर

टमाटरमा बिटा क्यारोटिनको र आइकोपिनको मात्रा धेरै हुन्छ । त्यसैगरी यसमा फाइबर ज्यादा र क्यालोरी कम हुन्छ । जसले वजन घटाउन मद्दत गर्छ । बिटा क्यारोटिन शरीरका लागि फाइदाजनक तत्व हो ।

प्रतिक्रिया दिनुहोस्