Logo
|
Friday 29th March 2024
Logo

epaper

 हिलोले खाने समस्या



वर्षायामको सुरुवातसँगै कतिपय मानिसका खुट्टाको  औँलाको बीचमा घाउ आउन सुरु गर्छ । जुन हातका औँलाको बीच वा अन्य अंगमा समेत हुन सक्छ । यसलाई हिलोले खानु वा हिलो लाग्नु भनिन्छ । अब जानौँ हिलोले खानुका कारण :

कारण 

  •  फोहोर पानीको सम्पर्कमा आउँदा, हिलो वा पानीमा भिजेर लामो समयसम्म काम गर्दा, जमेको पानीमा जाँदा वा सम्पर्कमा आउँदा हिलोले खान सक्छ । यो एक किसिमको फंगलकाकारण हुन्छ ।
  •  वर्षायाममा गर्मीसँगै ओसिलोपना स्वतः बढी हुने भएकाले छालामा ब्याक्टेरिया र फंगलको संक्रमण बढी हुन्छ । लामो समयसम्म खेतबारीमा काम गर्दा, वर्षा याममा खाली खुट्टा हिँड्दा, लगातार पानीको सम्पर्कमा आउँदा र चिसो जुत्ता–मोजा लगाउँदा औँलाको बीचमा घाउ आउने गर्छ ।
  •  हिलोले खाँदा औँलाको बीचमा घाउ हुने, चिलाउने पानी वा पिप बग्ने, सुन्निने, फोका आउने र छाला उप्किनेजस्ता समस्या हुन सक्छन् । यस्ता समस्या भएमा पंmगल इन्फेक्सन हुने र अन्य छालामा समस्या देखापर्ने भएकाले समयमै सचेत हुन आवश्यक हुन्छ ।

हिलोले खाँदा औँलाको बीचमा घाउ हुने, चिलाउने पानी वा पिप बग्ने, सुन्निने, फोका आउने र छाला उप्किनेजस्ता समस्या देखिन्छन् ।

बच्ने उपाय

  •  वर्षाको समयमा खुट्टा सुक्खा राख्नुपर्छ । पानीको सम्पर्कमा आएपछि राम्ररी पखालेर सुकाउन आवश्यक हुन्छ । हात–खुट्टा ओसिलो राख्नुपर्छ ।
  •  बाहिर काम गर्दा वा हिँड्दा सनस्क्रिम वा सनब्लक लगाउन सकिन्छ । छालालाई बाहिरी संक्रमणबाट बचाउन यस्ता क्रिम लगाउन आवश्यक छ ।
  •  छिट्टै सुक्ने जुत्ता–चप्पल प्रयोगमा ल्याउनुपर्छ । दिनहुँ जुत्ता लगाउनेले भिजेका जुत्ता वा मोजा प्रयोग गर्नुहुँदैन । विशेषगरी, स्कुल जाने बच्चाहरूमा ध्यान पुर्‍याउनुपर्छ ।
  •  घाउ आएर पाकेमा वा पिप जमेमा चिकित्सकको सल्लाह लिनुपर्छ । यसका लागि एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ ।

(वरिष्ठ छाला रोग विशेषज्ञ डा. एलिज अर्याल काठमाडौं मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्