Logo
|
Friday 19th April 2024
Logo

epaper

कोलेस्टोर घटाउने औषधिले ‘टाइप टु’ मधुमेह हुने जोखिम बढाउन सक्ने : अध्ययन




कोलेस्टोर रगतमा पाइने बोसो (फ्याट) हो । स्वास्थ्य जीवनका लागि यो नितान्त आवश्यक हुन्छ । रगतमा कोलेस्टोरको मात्रा बढी भयो भने धमनी (आर्टरी) मा प्लाक जम्मा हुन्छ । यसले रक्तसञ्चारमा समस्या ल्याउँछ ।
चिकित्सकहरुका अनुसार कुनैपनि उमेरका पुरुष महिलामा कोलोस्टोरको मात्रा २ सय एमजी/डिएल भन्दा कम हुनुपर्छ । चिकित्सकहरु कोेलेस्टोर घटाउन जीवनशैली परिवर्तन र औषधि सेवन गर्ने सल्लाह दिन्छन् । कोलेस्टोर घटाउने औषधिले ‘टाइप टु’ मधुमेह हुने जोखिम बढाउने एक अध्ययनले देखाएको छ ।

उच्च कोलेस्टोरले बढाउँन सक्छ हृदयघात र स्ट्रोक जोखिम
कुनै व्यक्तिलाई कोलेस्टोर बढि छ भने हृदयघात र मस्तिष्कघात हुने जोखिम बढि हुुने गर्छ । धमनी (आर्टरी) मा प्लाक जम्मा भएर रक्तसञ्चार हुन पाउदैँन । मुटु र मस्तिष्कले विस्तारै काम गर्न छाड्छ । यि अंगहरुमा रक्तसञ्चार भएन भने कोशिकाहरु मर्न थाल्छ ।

८० करोड उच्च कालेस्टोरका बिरामी
कोलेस्टोर र उच्च रक्तचाप नियन्त्रणका लागि स्ट्याटिन्स औषधि सेवन गरिन्छ । यसले हृदयघात र स्ट्रोकको जोखिम घटाउँछ । विश्वमा उच्च कोलेस्टोरको समस्या भएका मानिसहरुको सँख्या ८० करोड भन्दा बढि छन् । ति मध्ये झण्डै २० करोड मानिसहरु कोलेस्टोर नियन्त्रण गर्न औषधि सेवन गरिरहेका छन् । अध्ययनका अनुसार स्ट्याटिन्स औषधि सेवन नगर्ने मानिसको तुलनामा औषधि सेवन गर्नेलाई टाइप टु मधुमेह हुने जोखिम २ गुणा बढी हुन सक्छ ।

मुख्य अनुसन्धानकर्ता भिक्टोरिया जिग्मान्ट बताउनुहुन्छ —‘स्ट्याटिन्स औषधिले हृदयघात र स्ट्रोक हुने जोखिम घटाउँन मद्धत गर्छ । कोलेस्टोर नियन्त्रण गर्न औषधि सेवन गरिरहेका व्यक्तिहरुलाई औषधि सेवन बन्द गर्नुुपर्छ भन्न खोजिएको होइन ।’ उहाँले भन्नुभयो —‘तर जो व्यक्ति लामो समयदेखि कोलेस्टोरको औषधि सेवन गरिरहेका छन्, त्यस्ता व्यक्तिहरुले चिकित्सकसँग मधुमेहको जाँच, नियन्त्रणका उपाय र परामर्श लिनुपर्छ ।’

यसरी गरिएको थियो अध्ययन
यो अनुसन्धान ओहिया स्टेट युनिभर्सिटीमा गरिएको थियो । यो अध्ययनलाई ‘डाइविडिज मेटाबोलिज्म रिसर्च एण्ड रिभ्यु’ नामक जर्नलमा प्रकाशन गरिएको थियो । कुल ४ हजार ६ सय ८३ जना महिला र पुरुषलाई अनुसन्धानमा सहभागी गराइएको थियो । उनीहरु सबैले कोलेस्टोरको औषधि स्ट्याटिन्स प्रयोग गर्दै आएका थिए । अध्ययनमा समिल सबैको उमेर ४६ वर्ष भन्दा बढि थियो । यो अध्ययन सन् २०११ देखि २०१४ सम्म गरिएको थियो । ३ वर्ष सम्म अध्ययनकर्ताहरुले सबैको स्वास्थ्य तथ्याङ्कको अवलोकन गरेका थिए । उनीहरुको रगत परिक्षणमा एचबिएवानसीको मात्रा बढेको पाइयो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्