२० हजार स्वास्थ्यकर्मीले अझै बुझेनन् समायोजनपत्र
११ हजार गुनासो आउने अनुमान
हाल दैनिक ७५ देखि सयजनासम्मको गुनासो आउने गरेको छ । स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाका अनुसार करिब ११ हजार कर्मचारीले गुनासो दर्ता गर्ने अनुमान गरिएको छ । तर, स्वास्थ्य मन्त्रालयका सचिव रामचन्द्र थपलियाले तत्काल गुनासो सुनुवाइ हुने अवस्था नरहेको बताए । ‘अहिले निवेदन मागिएको छैन,’ सचिव थपलियाले भने, ‘तैपनि गुनासोका चाङ लागेको छ । सबै गुनासाको सुनुवाइ तत्कालै हुँदैन ।’
दरबन्दी : ३१६५०
कार्यरत : २७,४१७
देशभर डेंगुको संक्रमण बढिरहेको छ । तर, स्वास्थ्यकर्मी समायोजनसम्बन्धी गुनासो लिएर काठमाडौंमा भेला भएका छन् । यसबाट बाहिरी जिल्लामा जनशक्ति अभाव हुने मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
अहिले ठूलो संख्यामा स्वास्थ्यकर्मीको दरबन्दी खाली छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत देशभर ३१ हजार ६ सय ५० कर्मचारीको दरबन्दी छ । तर, कर्मचारीको संख्या भने २७ हजार चार सय १७ मात्र छ । मन्त्रालयले देशभर चार हजार दुई सय ३३ दरबन्दी रिक्त रहेको जनाएको छ । ठूलो संख्यामा कर्मचारी अभाव भएपछि मन्त्रालयले करारमा लिने तयारी गरेको सचिव थपलियाले बताए । करारमा कर्मचारी राख्ने कार्यविधि मन्त्रिपरिषद्मा अड्किएको छ ।अर्जुन अधिकारी/ नयाँपत्रिकाबाट