चिकित्सककै सल्लाहमा प्रधानमन्त्रीको उपचार विदेशमा
२०७६, ४ भाद्र बुधबार १०:१५ मा प्रकाशित
0
Sharesउपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकको सल्लाहबमोजिम नै प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिङ्गापुर जानुभएको बताउनुभएको छ ।
प्रतिनिधिसभामा सांसदको प्रश्नमा जवाफ दिँदै उहाँले कतिपय ‘क्रिटिकल केस’मा उपकरणको अभावका कारण विदेश उपचारका लागि जानुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले नियमित रूपमा प्रधानमन्त्रीको स्वास्थ्य जाँचमा संलग्न चिकित्सककै सल्लाहमा प्रधानमन्त्रीलाई विदेश लगिएको स्पष्ट पार्नुभयो ।
जवाफका क्रममा उपप्रधानमन्त्री यादवले भन्नुभयो, “नेपालमा पनि धेरै उपचार सम्भव छ । केही ‘क्रिटिकल केस’मा बाहिर जानुपर्ने अवस्था छ । प्रधानमन्त्रीको स्वास्थ्य सम्बन्धमा पनि यहाँका चिकित्सकको सिफारिसअनुसार जानुभएको हो । सबै जनशक्ति र उपकरण भएपछि हामी ‘क्रिटिकल केस’मा पनि उपचार गर्न सक्छौँ । त्यति बेला उपचारका लागि विदेश जानुपर्ने अवस्था अन्त्य हुन्छ । ’’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको विदेशमा उपचारबारे प्रश्न गर्नुभएको थियो । यस्तै सुवालले सर्वसाधारणको पहुँचमा रहेका वीर र शिक्षण अस्पतालको विशेषज्ञसहितको सेवा कहिले प्रभावकारी हुन्छ भन्दै स्वास्थ्यमन्त्रीलाई प्रश्न गर्नुभएको थियो । जवाफमा मन्त्री यादवले नेपालका धेरै स्वास्थ्य सेवा उत्कृष्ट रहेको दाबी गर्नुभयो । आँखारोग, क्यान्सरलगायतको उपचार प्रभावकारी रहेको दाबी पनि उहाँले गर्नुभयो । अङ्ग प्रत्यारोपणका क्षेत्रमा पनि प्रभावकारी उपचार भइरहेको मन्त्री यादवको भनाइ छ । उहाँले वीर अस्पताललाई भक्तपुरमा विस्तार गर्ने कार्य शीघ्र अगाडि बढाइने बताउनुभयो ।
यस्तै सांसद महिन्द्रराय यादवले भेरी अञ्चल अस्पताल कहिले शिक्षण अस्पतालमा रूपान्तरण हुन्छ भनी प्रश्न गर्नुभयो । जवाफमा मन्त्री यादवले तत्काल पूर्वाधार अभावमा शिक्षण अस्पताल सञ्चालन सम्भव नभएको बताउनुभयो । उहाँले विशिष्ट सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकास गर्न आवश्यक बजेट विनियोजन भइसकेको जवाफ दिनुभयो । गोरखापत्रबाट