Logo
|
Thursday 28th March 2024
Logo

epaper

राजधानीमा मेडिकल एजुकेसन करियर एक्स्पो सम्पन्न : १ हजार ५ सय बढिले गरे अवलोकन




विदेशमा रहेका गुणस्तरीय विश्वविद्यालयबाट दिइने मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा र आवासको व्यवस्था लगायतका विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ सम्पन्न भएको छ । भदौ ४ र ५ गते राजधानीमा भएको सो एक्पोमा १ हजार ५ सय भन्दा बढि बिद्यार्थी तथा अभिभावकहरुले अवलोकन गरेका छन् ।
एक्स्पोमा कुल २१ स्टल राखिएको थियो । बंगलादेश, चीन, भारत, फिलिपिन्स, रसिया, युक्रेन, उजबेकिस्थान, जर्जिया, मोेरिसस् लगाएतका राष्ट्रका मेडिकल युनिभर्सिटीका प्रतिनिधीहरुको उपस्थिति थियो ।
एक्स्पोको दिन पहिलो ८ सय र दोस्रो दिन ७ सय जनाले अवलोकन गरेको एक्स्पोका आयोजक सुनिलकुमार शाहले जानकारी दिए ।
मेडिकल अध्ययनको खोजीमा रहेका बिद्यार्थीहरुको पहिलो रोजाई स्वदेशमा हुन्छ । स्वदेशमा सो अवसर नपाएपछि उनीहरु बाहिर गएर अध्ययन गर्न चाहन्छन् । शाह भन्छन् —‘नेपालका मेडिकल कलेजमा सिट पाउन नसकी विदेशमा अध्ययन गर्ने सोच राखेका विद्यार्थीहरुका लागि यो एक सुवर्ण अवसर हो ।’
विदेशी मेडिकल युनिर्भसिटीहरुले छात्रबृत्तिका लागि नेपालमै परिक्षा लिने र छनोट भएका विद्यार्थीहरुले राम्रो अंक ल्याउन सके ट्युसन शुल्कमासमेत छात्रबृत्ति दिने विदेशी मेडिकल कलेजका प्रतिनिधिहरुको भनाइ छ ।
सो एक्स्पो अवलोकन गर्न आएकी एक बिद्यार्थी प्रीया कटुवालले एक्स्पो प्रभावकारी भएको बताइन् । उनले बंगलादेशमा मेडिकल पढ्न जाने विद्यर्थीहरुलाई के–कस्ता सेवा सुविधा छन् भन्ने बारे राम्रो जानकारी प्राप्त भएको बताइन् ।
यसैगरी काठमाडौं बानेश्वरका बिक्रम सुवेदीले यस एक्पोबाट मेडिकल शिक्षाबारे धेरै जान्ने अवसर मिलेको बताए । उनी भन्छन् —‘सकेसम्म नेपालमै अध्ययन गर्ने कोसिस हुन्छ । तर सिट पाउन नसकेको अवस्थामा बंगलादेश जाने योजना बनाएको छु ।’
एक्स्पोमा एमबीबीएस, बीडिएस, एमएस, पारामेडिक्स, अप्लाइड साइन्सेस र नर्सिङ कोर्षहरुका बारेमा सम्बन्धित विश्वविद्यलयका प्र्रतिनिधिहरुले जानकारी दिएका थिए । एक्स्पोमा २५ लाख रुपैयाँ देखि माथि शुल्क भएका मेडिकल कलेजहरुले भाग लिएका थिए ।
सो अवसरमा सिटिजन्स बैंकले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई सम्बन्धित विश्वविद्यालयको शुल्क भुक्तानी सरल किस्तामा कसरी बुझाउने शैक्षिक कर्जासम्बन्धि सम्पूर्ण जानकारी उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्