Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वस्थ रहन अपनाउनुहोस् यी उपायहरू 



स्वस्थ रहन सबै लाइ मन हुन्छ तर हाम्रो  दैनिक जिवनमा गरिने स-सना गल्तिहरूले विभिन्न रोगहरू लाइ प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा  निम्ता दिइरहेको हुन्छ त्यसैले हामिले दैनिक जिवनमा गर्ने गल्तिहरूलाइ सच्चाएर  आफु  स्वास्थ्य बनि रअरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ। स्वस्थ रहन तपसिलका व्यवाहारहरूको अवलम्वन गराैँ।

१.  नियमित सन्तुलित भोजन  प्रयोग गर्ने जस्मा दैनिक रूपमा साग र सलाद अनिवार्य समावेश गर्ने।

२. दैनिक ८ गिलास शुद्धिकरण गरियको पानि  पिउने

३.नास्ता खाने बानीको विकास गर्ने,स्वस्थ्यको लागि धेरै पटक थोरै थोरै गरेर खानु राम्रो हुन्छ तसैले बिहान बेलुका मात्र नखाने।

४. टुसा उम्रेका अनाज, मौसमअनुसारका, फलफुल, सागपात, गेडागुडी र फाइबर युक्त खाना सकेसम्म बढि खाने।

५. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने

६. सकेसम्म कम प्रशोधित घरमा बनाएको खाना प्रयोग गर्ने

७. चिसो पेयपदार्थ नपिउने र चिया /कफी पनि धेरै नपिउने

८. मोटोपन नियन्त्रण गर्ने

९. फ्याटको मात्रालाइ सकेसम्म कम गर्नु पर्दछ। वनस्पति श्रोतको फ्याट शरिरलाइ लाभदायक हुन्छ।

१0. नुन दैनिक ३ देखि ५ ग्राम मात्र प्रयोग गर्ने, बढी गुलियो नखाने

११. दैनिक दुइ पटक बिहान, साँझ दाँत माझने

१२. तरकारीको बोक्रा नफाल्ने

१३. भुटेको भटमास, मकै, चना खाने

१४. बेलुकाको खाना ७ वजे भन्दा अगाडि खानु पर्दछ र खाना खाएको १,२ घण्टा पछि मात्र सुत्ने।

१५.बासि, सडेको,फोहोर तथा किटाणुले संक्रमण गरेको खानेकुरा सेवन नगर्ने।

१६. चाँडै सुत्ने र चाँडै उठ्ने

१७. ७ देखि ८ घण्टा मस्त सुत्ने

१८. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने

१९. बिहान कम्तिमा ३० मिनेट हिड्ने अथवा नियमित व्यायाम गर्ने

२०. तनावमा काम नगर्ने

२१. परिवार सदस्य संग सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने

२२. ध्यान तथा योग गर्ने

२३. तारेको,डढेको नखाने र जंकफुड तथा फास्टफुड सेवन नगर्ने

२४. बेलाबेलामा मनोरञ्जन गर्ने

२५. हरेक कुरामा चित्त बुझाउने, ससाना कुरालाइ लिएर चिन्तित नहुने

२६. ६/६ महिनामा शरीर चेकअप गराउने

२७. शाकाहारी खानपान शैली अपनाउने

२८. दिनहुँ एकपटक मजाले हाँस्ने

२९. आफूलाई कमजोर नसम्झने

३०. सकारात्मक सोचाई राख्ने

३१. सबै लाइ स्वस्थ रहन सहयोग गर्ने, त्यसको लागि यो जानाकारि अरूलाइ सेयर गर्ने।

प्रतिक्रिया दिनुहोस्