सरकारी अस्पताल तहसनहस, निजीमा लुट
छोरा पावेलको हात भाँचिएपछि कैलालीको चौमालाकी खिना खत्री बिहीबार हतारिँदै सेती अञ्चल अस्पतालको इमर्जेन्सीमा पुगिन् । त्यहाँ पुग्नेबित्तिकै एकजना अपरिचित व्यक्ति आएर ‘यहाँ ढिला हुन्छ, सिटी पोलिक्लिनिकमा लैजानुस्, तुरुन्तै उपचार हुन्छ’