
‘कतिपय अवस्थामा शहरमा त प्रविधि र उपकरण महँगो भएका कारण सम्बन्धित टेष्टहरु केन्द्रिकृत गरेर सुविधाहरु प्रदान भइरहेको अवस्थामा ग्रामीण क्षेत्रमा त यो सम्भवन नै हुँदैन । सुविधा, ल्याव टेक्निसियन, टेक्नोलोजिष्टको पर्याप्तता, बायोप्सी, एफएनएसीलगायतका सुविधा भएको अवस्थामा मात्र प्याथोलोजिष्ट ग्रामीण क्षेत्रसम्म पुगेर सेवा दिन सक्छ ।अन्यथा उसले अध्ययन गरेका कुनैपनि विधि प्रयोगमा आउन सक्दैन र उसले बिर्सने सम्भावना रहन्छ । प्याथोलोजिष्ट डाक्टरको शैक्षिक अध्ययन अध्यापनका कुरा पनि जोडिएको हुन्छ । सरकारी दरवन्दी भएपनि असुविधाका कारण प्याथोलोजी डाक्टर जान रुचाउँदैनन् । एफएनएसी बायोप्सी के हो ? शरीर वा शरीरको कुनै पनि गाँठो असामान्य तरिकाले बढेमा त्यसभित्र सिरिञ्ज लगाएर फाइन तरिकाले नमुना लिएर सेलको मर्फोलोजी अर्थात स्ट्रक्चर हेरिन्छ । सेलको असामान्य अवस्था पहिचान गरेर क्यान्सर भएनभएको वा अरु कुनै समस्या हो वा होइन छुट्याउने डा. पाठक बताउनुहुन्छ । यसलाई एफएनएसी भनिन्छ । यो सेलको स्टडी हो । यो फाइन निडिल एस्पिरेसन साइटोलोजी (एफएनएसी) हो । वायोप्सी र हिस्टोप्याथोलोजी त्यो भन्दा पनि अझ राम्रो परिणाम आउने प्रविधि हो । एफएनसीमा सुईले सेल निकालेर अध्ययन गरिन्छ भने बायोप्सीमा समस्याग्रस्त भागको मासुको ढिक्को निकालेर अध्ययन गरिन्छ । बायोप्सी गोल्ड स्टैण्र्डको हुन्छ । समस्या पत्ता लगाउन अगाडि र शल्यक्रिया गरिसकेपछि स्टेजिङ र ग्रेडिङ थाहा पाउन वायोप्सीको भूमिका महत्वपूर्ण हुन्छ । वायोप्सीमा लाखौं सेलहरुको अध्ययन गरिन्छ । यसबाट क्यान्सर भएनभएको राम्रोसँग पत्ता लाग्छ । क्यान्सर भएको कसरी थाहा हुन्छ ? यसमा सेलको स्ट्रक्चर र साइटोप्लाजम र न्युक्लियसको अवस्था हेरिहन्छ । सेल बिग्रिएर न्युक्लियस ठूलो भएको अवस्थामा क्यान्सर भएको हुनसक्छ । सामान्य त शरीरमा साइटोप्लाजम ठूलो र न्युक्लियस सानो हुन्छ । सेल बिग्रिएपछि साइटोप्लाजम सानो र न्युक्लियस ठूलो हुँदै गएको देखिन्छ । न्युक्लियसभित्र पनि न्युकोलाई भनिने विभिन्न बच्चाहरु विकास भइरहेको हुन्छ । त्यो नै क्यान्सर हो । क्यान्सर भनेको दुई चार आठ सोर बत्तीस हुँदै बढ्ने हो । क्यान्सर समस्या पहिचानमा दक्ष जनशक्ति, उपकरण र रिएजेन्ट्सको भूमिका महत्वपूर्ण हुन्छ । क्यान्सर पहिचानमा सामान्य रगत जाँचदेखि ठूलो टेष्टसम्म हुन्छ । प्याथोलोजी जाँचमा प्रीएनलाइटिकल, एनलाइटिकल र पोष्ट एनलाइटिकल जस्ता कुरामा ख्याल राख्नुपर्छ । शुरुदेखि अन्तिम अवस्थासम्म प्याथोलोजिष्ट र टेक्नोलोजिष्टको भूमिका महत्वपूर्ण हुन्छ । यसबाट क्वालिटीको रिपोर्ट दिन सकिन्छ । (डा. पाठक एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट नेपालमा सह—सचिव हुनुहुन्छ ।)
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
करियर

निःसन्तान उपचारमा डा. सबिनाको संघर्ष
मंगलबार, चैत २६, २०८१
‘मेरो जीवनको सफलताः धैर्यता, लगनशीलता र सहनशीलता’
बुधबार, चैत १३, २०८१
त्यो बेलाका छोटे डाक्टर !
बुधबार, चैत १३, २०८१ट्रेन्डिङ