[caption id="attachment_13113" align="aligncenter" width="1832"]
डा. श्वेता नकर्मी, बाथरोग विशेषज्ञ /नेशनल बाथरोग सेन्टर, रातोपुल[/caption]
स्क्लेरोडर्मा एक प्रकारको छाला कडा हुने बाथ हो । विश्व स्वास्थ्य संगठनका अनुसार, हरेक १ लाखमा ६ जनालाई यो समस्या हुन सक्छ । स्क्लेरोइड बाथ पुरुषको तुलनामा महिलालाई ३ देखि ७ गुणा बढि हुने गरेको छ । यो रोग ३५ देखि ५० वर्षको उमेरमा देखिन सुरु हुन्छ । सानो उमेरमा भने कमै देखिन्छ । यसले छाला सँगै शरिरका भित्री अंङ्गहरु जस्तै फोक्सो, मुटु र खानाको नलीमा पनि असर पार्न सक्छ । स्क्लेरोडर्मा लोकलाइज्ड र डिफ्युज गरी दुइ प्रकारका हुन्छन् ।
लक्षण
–छाला (औंला तथा हाथ, खुट्टाका) सुन्निने र बिस्तारै कडा हुदैँ जाने ।
–चिसोमा औंलाको रंङ्ग परिवर्तन भएर सेतो, निलो हुने ।
–जोर्नीहरु दुख्ने, सुन्निने, अरठ्ठ हुने ।
–छाला बाक्लो रकडा हुने कारणले मुठ्ठी पार्न गाह्रो हुने ।
–खाना निल्न गाह्रो हुँदै जाने, अमिलो पानी आउने ।
–फोक्सोमा जाली पर्नाले दम बढ्ने, सास फेर्न गाह्रो हुने ।
–छाती दुःख्ने, मुटु ढुकढुक हुने ।
–मांशपेशी कमजोर हुँदै जाने ।
डायग्नोसिस
–रगतका जाँभ जस्तै: ANN , ENA Panel
–छालाको जाँच (Biopsy)
–नङ्गको र नसाको जाँच ( NFC-Nail Fold Video CapillaRascopy )
–छातीको जाँच (X-ray, CT Scan)
–मुटुको जाँच (Echo)
जटिलताहरु
–छाला कडा र साह्रो भएर आंैलाहरु सुक्दै जाने ।
–जोर्नी चलाउन साह्रो हुने ।
–मुख सानो हुँदै जाने (मुख खोल्न गाह्रो हुने)
–आंैलाका टुप्पामा घाउ हुने /मरेर जाने ।
–फोक्सोमा जाली पर्ने ।
–मुटुमा असर पार्ने (पल्मोनरी हाइपरटेन्सन)
–खानाको नलीमा असर पार्ने ।
–मृगौलामा असर पार्ने (स्क्लेरोडर्मा रेन्ड क्राइसिस)
–छाला र फोक्सोको क्यान्सरको सम्भावना बढ्ने ।
उपचार
यस बाथको उपचार लक्षण र कुन अंगमा असर भएको छ, सोही अनुसार उपचार फरक फरक हुन्छ । खानपिनमा विशेष ध्यान दिनुपर्छ । स्वाथ्य जीवनशैली, व्यायमका साथसाथै केही औषधीको सेवन जरुरी हुन्छ । भित्रि अंङ्गहरु जस्तै फोक्सो, मुटु, मिर्गौलामा असर गरेको खण्डमा उपचार जटील हुन सक्छ । त्यसैले समयमै चिकित्सकको सल्लाह लिनुपर्छ ।
बिरामीका लागी सल्लाह
–छालालाई नरम राख्न मोेस्चराइजर र क्रिमको प्रयोग गर्ने ।
–जोर्नीको वरिपरि घाउ हुने सम्भावना भएकाले घाउ हुन नदिने ।
–चिसोबाट बच्ने ।
–औंलाहरु र शरिरलाई न्यानो राख्ने ।
–कडा किसिमका सर्फ/साबुनको प्रयोग नगर्ने, ग्लीसरिन भएको साबुनको प्रयोग गर्ने ।
–घरको काम गर्दा पञ्जाको प्रयोग गर्ने ।
–भ्याकुम क्लिनर, मिक्स ग्रिन्डर जस्ता भाइब्रेट गर्ने सामानको कम प्रयोग गर्ने ।
–औंलाका टुप्पामा घाउ आउँदा तुरुन्त उपचार गर्ने
–नियमित व्यायम गर्ने
खानामा ध्यान दिनु पर्ने कुराहरु
–धुम्रपान नगर्ने ।
–चिया, कफि, चिल्लो र मसलाहरु कम खाने ।
–मद्यपान नगर्ने ।
–खाना ठिक्क मात्रामा खाने (पेट भरी नखाने) र खाएको ३ घण्टा सम्म खाटमा नपल्टिने
–वजनलाई ख्याल राख्ने (मोटोपन घटाउने)


प्रकाशित मिति: मंगलबार, असार १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज

मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ