नेभिगेशन

बलिउड अभिनेत्री श्रद्धा कपूर विगत ६ वर्षदेखि एन्जाइटीसँग लड्दै

सुखी सम्पन्न बन्ने डौड र व्यस्त जीवनशैलीका कारण मानिसलाई चिन्ता अर्थात एन्जाइटी हुनु सामान्य कुरा हो । समय परिवर्तनशिल छ । म्बन्धमा विश्वास नहुने, अरु भन्दा बढि सम्पन्न हुने चाहाना, असुरक्षित महशुस गर्ने आदि विविध कारणले मानिसलाई दिनप्रतिदिन सताइरहेको छ । यसले एन्जाइटीको समस्या बढाइरहेको छ । आममानिसमात्र होइन् बलिउडका स्टारहरू पनि एन्जाइटीको शिकार हुन थालेका छन् । यतिबेला एक्शन थ्रिलर चलचित्र ‘साहो’ र ‘छिचोरे’ बाट चर्चा बटुलिरहेकी बलिउड अभिनेत्री श्रद्धा कपूर विगत ६ वर्ष देखि एन्जाइटीबाट शिकार भइरहेको खुलासा भएको छ । श्रद्धाले हालसालै एक अन्तरवार्तामा आफुलाई एन्जाइटीको समस्या भएको बताएकी छिन् । श्रद्धाका अनुसार उनले चलचित्र ‘आशिकी २’ गरिसकेपछि एन्जाइटीबाट ग्रसित भएको बताएकी छिन् । एन्जाइटीको बारेमा उनले भावुक हुँदै भनेकी छिन् –‘मलाई एन्जाइटी भएको लामो समयसम्म थाहा नै भएन । यसबारेमा आफुलाई केहि ज्ञान थिएन ।’ उनले भनिन् –‘जब आशिकी २ फिल्म गरेँ त्यसपछि एन्जाइटीको लक्षणहरु देखिन थाल्यो ।’ शरीरमा अजिव लाग्ने दुःखाइ महशुस हुन्थ्यो । धेरै अस्पतालमा गएर जाँच गराएँ । तर शरीरमा के कारणले पिडा भइरहेको छ भन्ने पत्ता लाग्न सकेन् । कैयौँ टेस्ट गर्दा पनि डाक्टरले रोग पत्ता लगाउन सकेनन् । उनी भन्छिन् –‘म हरेक दिन किन यसरी शरीर दुःखिरहेको छ भनेर सोचिरहन्थेँ । कैँयौ पटक आफुले आफैलाई प्रश्न गर्थेँ यो मलाइ के भइरहेको छ ?’ उनी नयाँ चलचित्र ‘बागी ३’ लिएर दर्शकमाझ छिटै आउँदैछिन् । तर अहिले उनले एन्जाइटीसँग लड्ने आइडिया आफुलाई थाहा भएको बताएकी छिन् । उनी भन्छिन् –‘म अहिले पनि एन्जाइटीसँग लड्न सिकिरहेको छु, पहिलाभन्दा केहि राम्रो महशुुस गरिहेको छु ।’ श्रद्धा कपुर जस्तै कैयौँ मानिसहरु एन्जाइटीबाट पिडित छन् तर उनीहरु यसबारे अनविज्ञ छन् । विभिन्न सोधका अनुसार एन्जाइटीबाट ग्रसित मानिसको स्मरण शक्ति विस्तारै कमजोर हुँदै जाने गर्दछ । यदि तपाइलाई पनि यस्ता लक्षण देखिएको छ चिकित्सकसँग परामर्श लिनुहोस् । तर एन्जाइटी हुने वित्तिकै आत्तिन नपर्ने चिकित्सकहरु बताउँछ । लक्षणहरु -स–साना कुराबारे धेरै सोच्ने । -मुटुको धडकन बढ्ने । -पसिना आउने । -मुख सुख्खा हुने । -शरीर काप्ने । -छटपटी हुने । -डर लाग्ने । -थकित महशुस हुने । -टाउको दुख्ने । -अरु मानिससँग भेट्न मन नलाग्ने । उपचार एंटीसाइकोटिक्स, एंटीकोनवल्सेंट र एंटीड्रिप्रेसेंट औषधिले एन्जाइटीको लक्षणलाई कम गर्न सक्छ ।मानोचिकित्सकसँग सम्पर्क गनुपर्छ । किनकी मनोचिकित्सकले तपाइको मनको कुरा सजिलै बुझ्न सक्दछ । तपाईले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । जीवनशैली र खानपानमा सुधार ल्याउनुपर्छ । बढि काम नगर्ने पर्याप्त आराम गर्नुपर्छ । एजेन्सी
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट