[caption id="attachment_7561" align="alignnone" width="1440"]
फाइल तस्बिर [/caption]
अत्तरिया,२९ भदौ । कैलालीको गोदावरी नगरपालिका–२ मा लायन्स क्लब अफ अत्तरिया सिटी, नेपाल नेत्र ज्योति सङ्घ र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा शनिबार आँखा शिविर सम्पन्न भएको छ ।
निःशुल्क आँखा शिविरबाट ५७६ ले सेवा लिएका छन् । गोदावरी नगरपालिकाका विभिन्न वडाबाट आएका ५७६ वृद्धवृद्धाले सेवा लिएका हुन् । ती मध्ये ७० जनामा मोतियाविन्दुको समस्या देखापरेको छ भने छ जनामा आँखाभित्र मासु पलाएको समस्या देखापरेको लायन्स क्लब अफ अत्तरिया सिटीका अध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए ।
उनका अनुसार मोतियाविन्दु र मासु पलाएको समस्या देखापरेकाहरुको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने भएको छ । अन्य आँखाका बिरामीलाई निःशुल्क चश्मा र औषधि वितरण गरिएको अध्यक्ष अधिकारीले बताए । रासस

प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

सुरु भयो स्वास्थ्य सुरक्षाको यात्रा, पालिकाबाटै दीर्घरोगको पहिचान
शुक्रबार, वैशाख २६, २०८२
पूर्वप्रधानमन्त्री माधव नेपालको सफल एन्जियोप्लास्टी, स्वास्थ्यमा देखिँदै सुधार
शुक्रबार, वैशाख २६, २०८२
राष्ट्रिय मिडवाइफ्री सम्मेलनपछि जारी भएको पाँच बुँदे घोषणा: यस्ता छन् प्रमुख निर्णयहरू
शुक्रबार, वैशाख २६, २०८२
बालबालिकाको पोषण सुधारका लागि भत्ता वृद्धि गर्नुपर्ने सरोकारवालाको माग
शुक्रबार, वैशाख २६, २०८२
उच्च सङ्क्रामक रोग नियन्त्रण प्रयोगशाला एकाइ स्थापना
शुक्रबार, वैशाख २६, २०८२ट्रेन्डिङ