
- ३ करोड ६० लाख मानिस दृष्टिविहिन छन् ।
- २१ करोड ७० लाख मानिस मध्ये १२ करोड ४० लाख मानिसमा दृष्टिदोष तथा ६ करोड ५० लाखमा मोतिविन्दुको समस्या रहेको छ । जसमध्ये ७५ प्रतिशत समस्याको समाधान गर्न सकिन्छ ।
- २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यून दृष्टिबाट प्रभावित छन् ।
- १ अर्ब मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन् ।
- अनुमानित १ करोड ९० लाख बाल बालिकाहरुमा दृष्टि दोष देखिएको छ ।
- कूल दृष्टि दोष मध्ये झण्डै ६५% मानिसहरु ५० वर्ष र माथिका उमेरका छन् ।
- अन्धोपना र दृष्टिदोषको भार १९९० को ४.५८ प्रतिशत बाट घटी २०१५ मा ३.३७ प्रतिशतमा झरेको छ ।
- सन् २०१० मा गरिएको र्याव सर्वेले नेपालमा आँखाका बिरामीका यससँग सम्बन्धित जनशक्तीको अवस्थालाई यसरी पुष्टी गरेको छ ।
- ३ सय जना नेत्र बिशेषज्ञ, ८ सय जना दृष्टि बिशेषज्ञ र २ हजार ५ सय नेत्रसहायक दर्ता भई सेवा प्रदान गरिरहेका छन् ।
- १ लाख २० हजार मानिस दृष्टिीविहिन छन् ।
- १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम प्रकारको दृष्टिदोषको समस्या रहेको छ ।
- ११ लाख ५० हजार मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित छन् ।
- दृष्टिदोष भएका मध्ये ८९ % मानिसहरु विकासोन्मूख देशमा बसोबास गर्दछन् ।
- अन्धोपनाको ६६% अन्धोपन उपचार गर्न सकिने खालका छन् ।
- अन्धोपनाको १६% अन्धोपन रोकथाम गर्न सकिने खालका छन् ।
- उच्च तथा मध्यम प्रकारका न्यूनदृष्टि रहेका मध्ये लगभग ६० उच्च तथा मध्यम प्रकारको न्यून दृष्टी महिलामा रहेको छ ।
- न्यूनदृष्टिको मूख्य कारणहरुमा दृष्टिदोष, मोतियाविन्दु र जलविन्दु रहेका छन् ।
- दृष्टिविहिनको मूख्य कारणहरुमा मोतिविन्दु, जलविन्दु र आँखाको पर्दा रहेका छन् ।
- पछिल्लो २० वर्षमा संक्रमण जस्तै ट्रकोमाका कारणले हुने न्यूनदृष्टि समस्या उन्मूलन भएको छ । हरेक वर्ष नेपालमा अनुमानित ३० ५ मानिसलाई आँखाको जाँच गराउनुपर्ने देखिन्छ ।
- २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भे नेपाल पेडियाट्रिक अकुलर डिजिज स्टडीमा ०.०६% बालबालिकामा बाल अन्धोपन देखिन्छ । त्यसमध्ये ८० % बालबालिकाहरुको उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ ।
- अन्धोपनाका मूख्य कारण
- मोतियाविन्दु र यस सम्बन्धित ६५ %, आँखाको पर्दा जन्य रोगहरु १३ %, आँखाको नानीमा हुने अन्धोपना ६ %
- जलविन्दु ५%,दष्टिदोष ४ %,अन्य ७ %
- विश्व दृष्टि दिवस, आश्विन २३ गतेका दिन आज नेपाल नेत्रज्योती संघ, नेपाल आँखा अस्पताल, बीपी लायन्स उपचार केन्द्र, लायन्स उपचार केन्द्र लगायतका संघससथाहरुले र्याली, अन्र्तक्रिया,निःशुल्क आँखा परीक्षण, शिविर लगायतका जनचेतनामुलक कार्यक्रम गर्दे मुलुकभर दिवस मनाउँदैछन् । संघीय आयोजक समितिले असोज २३ गते आज उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्युको प्रमुख आतिथ्यतामा काठमाण्डौमा एक कार्यक्रम पनि गर्दै छ । (यो जानकारी स्वास्थ्य सेवा विभाग आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य उपचारात्मक महाशाखाका प्रमुख डा. प्रकाश वुढाथोकीले उपलब्ध गराउनुभएको हो ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

काठमाडौँबाहिर स्वास्थ्यकर्मी टिकाउन चुनौतीपूर्णः मन्त्री पौडेल
मंगलबार, वैशाख २३, २०८२
न्याम्सको २३औं स्थापना दिवस: ३६ सय विशेषज्ञ उत्पादन
मंगलबार, वैशाख २३, २०८२
पूर्व शिक्षामन्त्री नेपालको निधन
मंगलबार, वैशाख २३, २०८२
हेमोफिलिया बिरामीका लागि निःशुल्क औषधि वितरण सुरु हुँदै
मंगलबार, वैशाख २३, २०८२
"चिकित्सक विदेशिने क्रम बढ्नु गम्भीर विषय हो – राष्ट्रपति चिन्तित"
मंगलबार, वैशाख २३, २०८२ट्रेन्डिङ