
- एन्जाइटी डिसअर्डर सामान्य खालको मानसिक समस्या हो । सबैजसो एन्जाइटीमा एकैखाले लक्षण देखिन्छन् । मुटुको धड्कन बढ्ने, श्वासप्रश्वास छिटो हुने, आत्तिने, डराउनेलगायत समस्या देखिन्छन् ।
- श्वास बढ्ने र धड्कनमा परिवर्तन आउने हुँदा अधिकांश व्यक्ति मुटुको समस्या भएको ठानेर आत्तिने गर्छन् ।
- निद्रा नलाग्ने वा बीच–बीचमा निद्रा बिथोलिने, शंका गर्ने वा सामान्य परिस्थितिसँग डराउने हुन्छन् ।
- कुनै दुर्घटना भएमा पुनः दोहोरिने हो कि भन्ने डर लागिरहने हुन सक्छ । जसलाई पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर पनि भनिन्छ ।
- छटपटी हुने, पसिना आउने, आत्तिने, हातखुट्टा काम्ने, टाउको दुुख्ने, पेटमा समस्या देखापर्ने, बेहोस हुनेजस्ता अन्य लक्षण समेत देखिन सक्छन् ।
- एन्जाइटी बढ्दै जाँदा काममा ध्यान केन्द्रित गर्न नसक्ने, आत्मविश्वास घट्दै जाने, समूहमा बोल्न डराउने, अरूले आफूलाई हेरिरहेको होला भनेर डराउने, काम गर्दा छिट्टै थाक्ने, कमजोर महसुस हुने, पटक–पटक पिसाब गर्न मन लाग्नेजस्ता समस्या देखिन्छन् ।

- एन्जाइटी वंशाणुगत गुणका कारणले पनि हुने गर्छ । यस्तै, न्युरो केमिकल अर्थात् मस्तिष्कको स्नायुमा हुने गडबडीका कारण पनि एन्जाइटी हुन सक्छ ।
- पारिवारिक तनाव, दुर्घटना, कामको बोझ आदि विभिन्न अन्य कारणले पनि एन्जाइटी बढाउन भूमिका खेलिरहेका हुन्छन् ।
- अनिद्रा, धूम्रपान, मद्यपानको कुलतमा परेकाहरू एन्जाइटीबाट बढी प्रभावित हुने गर्छन् । यस्तै, मुटुरोग, मधुमेह, थाइराइडको समस्या भएमा पनि एन्जाइटीको समस्या बढ्न सक्छ ।
- एन्जाइटी अस्वस्थ जीवनशैलीका कारण हुने गर्छ । स्वस्थ खानपान, पर्याप्त निद्रा, व्यायाम, तनाव व्यवस्थापन आदिको माध्यमबाट एन्जाइटीबाट टाढा रहन सकिन्छ । खासगरी कामको बोझ धेरै हुने व्यक्तिमा एन्जाइटी बढेर जाने जोखिम हुन्छ, त्यस्तो अवस्थामा कामको बोझ घटाउँदै जाने गर्नुपर्छ ।
- धूम्रपान, मद्यपान र लागुऔषधको कुलतबाट टाढा रहनुपर्छ । नकारात्मक भावना आउन नदिन योग, ध्यान र एक्सरसाइज गर्न सकिन्छ ।
- एन्जाइटी सामान्य खालको मानसिक रोग भए पनि उपचार वा नियन्त्रणमा ध्यान नदिँदा दैनिकीमा असर पर्न थाल्छ । त्यसैले अनावश्यक रूपमा आत्तिने, डराउने, नकारात्मक भावना आउने, निद्रा नलाग्नेजस्ता लक्षण देखापरेमा सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्छ । एन्जाइटी साइकोथेरापी, औषधि र मनोपरामर्शबाट निको पार्न सकिन्छ । (एसोसिएट प्रोफेसर एवं मानसिकरोग विशेषज्ञ डा. तनवीर अहमद खान नेपालगन्ज मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ । )
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

एक्लोपनले शरीरमा कस्तो असर गर्छ ?
शुक्रबार, चैत २२, २०८१ट्रेन्डिङ