नेभिगेशन

जानीराखौँ मधुमेहका दश संकेत

जनस्वास्थ्य सरोकार काठमाडौँ। मधुमेह सबैभन्दा घातक रोग मध्ये हो । मधुमेह शरीरमा ग्लुकोजको मात्रा बढी हुनु हो । यसले मान्छेको दिनचर्यालाइ नियमित राख्ने काम गर्छ । आजकल प्रायः घरमा मधुमेहका रोगी देखिएका छन् । नियमित रुपमा खानपानलाई ध्यान दियो भने यसको प्रभाव काम हुने गर्छ । आफै सचेत हुनलाई यी दश कुरालाई ध्यानमा राख्नु जरुरी रहेको छ । १. जरुरी भन्दा बढी पिसाब लाग्नुस् लगातार पिसाब लाग्नु यस रोगको पहिलो र मुख्य लक्षण रहेको जनाएका छन् । सामान्य व्यक्तिले दिनभरमा ४ देखि ७ पटक पिसाब गर्छन तर मधुमेह लागेको मानिसको शरीरले बढी ग्लुकोज फाल्ने प्रयास गर्दा मानिसलाई बढी पिसाब लाग्ने गर्छ । २. हात र खुट्टामा महशुश नहुनुस् उच्च मात्रामा ग्लुकोज भएको मनिसको रक्त नलीलाई हानी पुर्याउछ । यो कारणले मानिसको हात र खुट्टा महसुस नहुने समेत जनाएका छन् । प्रायः खुट्टा नभएको महशुश हुने गर्छ । केहि मानिसहरुको दुबई हात र खुट्टा महसुस नहुने समेत देखिएको छ । ३. दैनिक आहार भन्दा बढी मात्रामा आहार सेवन गर्नु पाचन क्रिया हुँदा आहारलाई शरीरले ग्लुकोजमा परिणत गर्छ । केही बेर पछि शरीरले उक्त ग्लुकोजलाई आफ्नो उर्जा बनाउन मद्दत गर्छ । तर शरीरले ग्लुकोजलाई उर्जामा परिणत गर्न क्षमता घटेको अवस्थामा पुनः केहि बेर पछि भोक लाग्ने गर्छ । यो शरीरलाई निकै हानी पुर्याउने गर्छ । ४. नेत्रहीन समस्या हुनु धमिलो देख्नु पनि मुख्य लक्षण रहेको जनाएका छन् । चिकित्सकका अनुसार उच्च मात्रामा ग्लुकोज रहेको शरीरले आँखाको लेन्सलाइ सुनाउने गर्दछ जसले गर्दा मानिसलाई हेर्न निकै गार्हो हुने गर्छ । यसले मानिसको हेर्ने क्षमतालाई रोक लगाऊछ । यसले ठुलो मात्रामा आँखालाई हानी पुर्याउने गर्छ । तर शरीरमा ग्लुकोचको लेवल कम भएमा पुनः सफा हेर्न सक्ने चिकित्सकको दाबी रहेको छ । ५. थकित वा चिन्तित महसुस हुनु कामको कारण मानिस प्राय थकित वा चिन्तित देखिन्छ तर यो एक मधुमेहको मुख्य कारण पनि हुन सक्छ । केही समय आराम गर्दा पनि थकान वा चिन्ता नघटेमा चिकित्सकलाइ देखाउनु अनिवार्य रहेको जनाएका छन् । ६. चोटपटक वा घाउ छिट्टै सन्चो नहुनु उच्च ग्लुकोज भएको शरीरलाई रगत पुर्याउन निकै गार्हो हुने गर्छ । यस कारण चोट पटक अथवा घाउ भएको अवस्थामा छिट्टै सन्चो नहुने समेत देखिन्छ । ग्लुकोज बढी भएको शरीरको घाउले लामो समय पनि लगाउन सक्दछ । ७. दाँतको समस्या दातमा किरा लग्नु दात माजे पछि पनि स्वास गन्हाउनु र कम समयमा प्रायः दात झर्नु मधुमेह लागेको संकेत हो । उच्च ग्लुकोच रहेको शरीरमा ब्याक्टेरियाको निर्माण छिट्टै हुने गर्छ । जसले घातक रोगहरु निम्त्याउने गर्दछ । ८. तौल घट्नु ग्लुकोज बढी भएको शरीरले इन्सुलिन बनाउन सक्दैन । इन्सुलिनले मानिसको शरीरमा बोसो, प्रोटीन र कार्बोहाइड्रेटहरूलाई स्टोर गरेर उर्जा दिने काम गर्छ तर इन्सुलिन नभएको शरीरको स्वतः तौल घटेर जान्छ । ९. शरीरमा संक्रमणको अनुभव हुनु ग्लुकोज बढी भएको शरीरले मौसमसंग परिवर्तन हुने संक्रमणको अनुभव गर्दछ । यो प्रकारको अनुभव महिला अथवा पुरुष दुवैमा हुने गर्छ । १०. बढी तीर्खा लाग्नु ग्लुकोज बढी भएको शरीरमा पनि को अभाव देखिन्छ । जति पनि खाए पनि मुख सुखा हुने र तीर्खा लगिराख्ने समेत हुने गर्छ । एजेन्सी
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट