
मिर्गौला दान गर्ने मानिसलाई घाउ नबनाई ल्याप्रोस्कोपीको मद्धतले मिर्गौला निकाल्ने गरिन्छ । यो प्रविधिबाट मिर्गौला निकाल्दा घाउ पनि सानो हुन्छ । जसले शल्यक्रिया पछि दुःखाई कम हुनुका साथै दाग पनि ठुलो बस्दैन । मिर्गौला निकाल्ने तयार पुरा भइसकेपछि मात्र मिर्गौला लिने बिरामीलाई शल्यक्रिया कक्ष ल्याइन्छ । त्यसपछि रगतको नशामा हाल्ने क्याथेटर, क्यान्युला र औषधि दिने लाइन सबै हालिसकेपछि शल्यक्रिया सुरु गरिन्छ ।शल्यक्रिया गर्दा लाग्ने समय शल्यक्रिया ठ्याक्कै यति समय लाग्छ भन्न सकिदैँन । यदि हामीले ल्याप्रोस्कोपीको मद्धतले मिर्गौला निकाल्यौँ भने औसतमा डेढ देखि दुई घण्टा समय लाग्छ सक्छ भने चिरेर निकालेको खण्डमा एक देखि डेढ घण्टा लाग्न सक्छ । शरीरबाट मिर्गौला निकालिसकेपछि त्यसमा रगतको नशा आर्टरी, भेन, पिसाव नलीहरुलाई मिलाउनुपर्दछ । मिर्गौला लिने बिरामीलाई बेहोस बनाउदा देखि होस् आउन उसलाई करिब २–३ घण्टा लाग्न सक्दछ । मुख्य र जटिल शल्यक्रिया भनेकै रगतको नशा र पिसाव नलीहरुलाई जोड्ने शल्यक्रिया हो । यसका लागी करिब ३० देखि ४० मिनेट लाग्न सक्छ । सफलदर साधारणतया मिर्गौला प्रत्यारोपण गरेको बिरामीलाई कुनै पनि जटिलता आएन, औषधिको असर देखिएन र मिर्गौलाले काम गर्न सुरु ग¥यो भने ४ देखि ५ दिन पछि बिरामी घर फर्किन सक्छन् । नेपालमा मिर्गौला प्रत्यारोपणको सफल दर एकदमै राम्रो छ ।
अन्तर्राष्ट्रिय तथ्याङ्कलाई हेर्ने हो भने मिर्गौला प्रत्यारोपण गरिसकेपछि सो मिर्गौैला एक वर्ष सम्म काम गर्ने सफलदर ९५ देखि ९७ प्रतिशत रहेको छ । त्रिवि शिक्षण अस्पतालको सफलदर ९८.७ प्रतिशत रहेको छ । जुन विदेशको भन्दा राम्रो हो ।उमेर अन्तर मिर्गौला दान गर्ने मानिस र मिर्गौला लिने बिरामी बिच ५ देखि १० वर्षको उमेर अन्तर छ भने मिर्गौला म्याच हुन्छ । अहिले संसारभरीनै मिर्गौला दान गर्ने मानिसको सँख्या घट्दो क्रममा छ । नेपालको सन्दर्भमा मस्तिष्कमृत्यु भएको मानिसको मिर्गौला प्रत्यारोपण अझै सुरु हुन सकिरहेको अवस्था छैन । जसले गर्दा मिर्गौला पाउने सम्भावना ज्यादै न्युन छ ।
मिर्गौला दान गर्ने मानिसको उमेर ६० देखि ७० वर्षनै भएता यदि उनीहरु स्वस्थ छन्, अन्य कुनै रोग छैन र भविष्यमा मिर्गौला सम्बन्धी रोग लाग्ने सम्भवना देखिएको छैन भने त्यस्ता मानिसबाट हामी मिर्गौला ग्रहन गर्न सक्छाँै ।यस्ता मानिसलाई मार्जिनल डोनर भन्ने गरिन्छ । उनीहरु बेस्ट डोनर भने होइनन् । हामीले त्रिवि शिक्षण अस्पतालमा सबैभन्दा सानो ८ वर्षका बच्चा देखि सबैभन्दा बढी ७५ वर्षको बृद्धाको मिर्गौला प्रत्योपण गरेका छौँ । मिर्गौला प्रत्यारोपण गरेका अधिकांश मानिसले दुई ओटा प्रश्न सोध्ने गर्छन् । डा. साब अब म कति बर्ष बाँच्छु ? यदि प्रत्यारोपण गरिएको मिर्गौला पुनः विफल भयो भने के दोस्रो प्रत्यारोपण सम्भव छ ?
अवश्य सम्भव छ । विविध कारण प्रत्यारोपण गरिएको मिर्गौला विफल हुन सक्छन् । यसरी बिफल भएर देस्रो पटक प्रत्यारोपण गरेको अनुभव सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालसँग नै छ । हामीले अहिलेसम्म यस्ता १० जना बिरामीको पुनः मिर्गौला प्रत्यारोपण गरिसकेका छौँ । अहिले उनीहरु स्वस्थ छन् । उनीहरुको मिर्गौलाले राम्रोसँग काम गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ