जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व स्वास्थ्य संगठनले यो वर्षलाई नर्सिङ तथा मिडवाइफको वर्ष घोषणा गरेको छ । कोभिड १९ कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा नर्स तथा मिडवाइफको भूमिका अन्यन्त महत्वपूर्ण हुन्छ । यो बेला काम गर्दा के कस्ता चुनौतिहरु हुनसक्छन् ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसरी सम्बोधन गर्नुपर्छ ? हाल कसरी सहकार्य भइरहेको छ ? उनीहरुले यसलाई कुन रुपमा लिएका छन् ? यसबारे बताउँदै हुनुहुन्छ नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष प्रा.मनकुमारी राई । स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा बोलेका कुरा उहाँको आफ्नै शव्दमा ।
कोभिड—१९ का लागि अस्पतालमा काम त गरिरहेको हो तर यसलाई कसरी सम्बोधन गर्ने ? कसरी प्राक्टिसमा लैजाने ? भन्ने कुराहरु समस्याको रुपमा देखिएको छ । त्यसैले नर्सिङ लिडरदेखि लिएर स्वास्थ्यमा काम गर्ने लिडर र म्यानेजरहरुलाई समेत अवको स्वास्थ्य शिक्षा कस्तो हुनुपर्छ भन्ने यसले मार्गदर्शन गरेको छ र त्यही अनुसार अघि बढ्नुपर्ने आवश्यकता पनि देखिएको छ ।
चुनौति मात्र नभएर यसलाई हामीले अवसरका रुपमा लिएका छौं । नर्स, डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुसँग मिलेर काम गर्ने महत्वपूर्ण क्षण हो । यसका साथै यो एक अर्काको समस्याहरु साटासाट गर्ने र संयुक्त रुपमा काम गर्दा कसरी समस्या समाधान गर्न सकिन्छ ? भन्ने एउटा अवसर पनि हो ।

नर्सिङ शिक्षा अथवा स्वास्थ्य शिक्षालाई कसरी लैजानुपर्छ ? भन्ने कोरोना कहरले पाठ सिकाएको छ । यद्यपी नर्सिङ शिक्षा प्राक्टिकल वेशमा लैजानुपर्छ र यो अहिलेको आवश्यकता पनि हो ।जथाभावी नर्सिङ कलेज खोलेर नर्स उत्पादन गरेर मात्र भएन । त्यसको गुणस्तर मापनमा पनि ध्यान दिनुपर्छ । यसतर्फ सोच्न आग्रह गर्दछु । रोग कस्तो किसिमको हो ? र त्यसलाई कसरी समाधान गर्ने ? प्राक्टिसमा कसरी लैजाने ? भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ । यस किसिमको शिक्षा दिनुपर्ने आजको टड्कारो आवश्यकता छ । यसतर्फ ध्यान दिन जरुरी छ । शुरुका दिनहरुमा नर्स, चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने सुरक्षा सामाग्रीहरुको उपलब्धता र गुणस्तरमा समस्या देखिएको छ । यसमा विशेष किसिमको व्यवस्था गर्न मार्गनिर्देश गरेको छ । स्वास्थ्य तथा मन्त्रालयले व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) लगायतका अत्यावश्यक वस्तुको गुणस्तर मापन गर्ने संयन्त्र बनाउनुपर्छ । मन्त्रालयमा यो हेर्ने छुट्टै विभाग हुन जरुरी छ । यसमा ध्यान दिन विशेष आग्रह गर्दछु ।
नर्स, डाक्टर र स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनमा बसेर बिरामीको सेवामा खटिरहेका छन् । यो बेला उनीहरुले पुर्याएको योगदानको सराहना गर्नुपर्छ । एउटा घर गृहस्थी हेर्नुपर्ने र अर्को कोभिड १९ का बिरामीहरुलाई स्याहार गर्न फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने नर्सहरुको दुईवटा जिम्मेवारी हुन्छ । त्यसैले उनीहरुको सुविधा र स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्छ । उनीहरुलाई स्वास्थ्य जाँचको सुविधा उपलब्ध गराइनुपर्छ । यसमा ध्यान दिन अनुरोध गर्दछु ।बजारमा उपलब्ध व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) ले कतिको संक्रमण रोक्न सक्छ ? भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ । गुणस्तर जाँच गर्ने विभागको छुट्टै विभागको स्थापना गरिनुपर्छ । कोअर्डिनेसन टिम बनाएर छुट्टै डिजास्तर म्यानेज्मेन्ट टिम बनाउन आवश्यक देखिएको छ । फ्रन्टलाइनमा बस्ने स्वास्थ्यकर्मीहरुको विज्ञ सहितको टिम हुनुपर्छ ।
फ्रन्टलाइनमा काम गर्ने नर्स डाक्टर, सुरक्षाकर्मीदेखि सफाईकर्मी प्रहरीसम्मलाई सेवा र सुविधा पाएको प्रमाणित गर्न चाँडो भन्दा चाँडो निर्देशिका बनाएर लागू गर्नुपर्ने आवश्यकता ठानेकी छु । यसले काम गर्न उच्च मनोबल प्रदान गर्नेछ ।धनगढी बागलुङ, नेपालगञ्ज, कपिलबस्तु, चितवन, बीरगञ्ज, बिराटनगर, टेकु, पाटन अस्पताल र ससस्त्र अस्पतालमा फ्रन्ट लाइनमा काम गर्ने नर्स दिदी बहिनी र अन्य डाक्टर स्वास्थ्यकर्मी र सुरक्षा टिमका सबैलाई नर्सिङ संघ सराहना गर्दछ र कुनै पनि बेला कसैलाई समस्या परेमा सहयोग गर्न तत्पर छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

अमेरिकी डायस्पोराले गर्यो स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको प्रशंसा
बिहीबार, चैत २८, २०८१
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ११औं शिखर सम्मेलन काठमाडौंमा सुरु
बिहीबार, चैत २८, २०८१
स्वास्थ्य वैज्ञानिकहरुको ११औं शिखर सम्मेलन चैत २८ गतेबाट सुरु हुने
बुधबार, चैत २७, २०८१
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार आरोपः विशेष अदालतमा मुद्दा दायर
बुधबार, चैत २७, २०८१
काठमाडौंमा निःशुल्क स्तन र पाठेघरको मुख क्यान्सर परीक्षण, ४८ जनामा एचपीभी पोजेटिभ
मंगलबार, चैत २६, २०८१ट्रेन्डिङ