
अमेरिकामा यो विधि ७० हजारभन्दा धेरै मानिसमा प्रयोग भइसकेको छ । शुरुआती परीक्षणहरुले यो प्रविधि सुरक्षित रहेकोतर्फ संकेत गरेको एफडीएले बताएको छ । तर यसको प्रभावकारी प्रमाणित गर्न थप प्रमाण चाहिन्छ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एफडिएले प्लाज्मा थेरापीको प्रयोगलाई अनुमति दिएको बताएका थिए । एफडीएले राजनीतिक कारणहरुले गर्दा खोप र थेरापी ल्याउन ढिलाइ गरेको भनेर ट्रम्पले आरोप लगाएको एक दिन लगत्तै यो घोषणा भएको हो ।
यस क्रममा उनले कोरोना भाइरस संक्रमणबाट निको भएकाहरूलाई प्लाज्मा दान दिन अपिल समेत गरेका थिए । यो विधिको प्रयोगबाट कोरोना भाइरसबाट हुने मृत्यु ३५ प्रतिशत घट्ने उनको दाबी छ । स्वतन्त्र वैज्ञानिकहरूले यसलाई ठूलै उपलब्धि मानिहाल्न हतारो गर्न नहुने बताएका छन् ।कतिपय बिरामीमा यो विधिको खराब असर हुनसक्ने उनीहरुको भनाइ छ । अमेरिकामा कोरोना भाइरसबाट ५६ लाख मानिस संक्रमित छन् भने मर्नेको संख्या एक लाख ७६ हजार पुगेको छ । एजेन्सी
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

सिन्धुलीमा महिलाको क्यान्सर स्क्रिनिङ तथा सचेतना शिविरः करिब ५०० महिलाको स्वास्थ्य परीक्षण
शनिबार, वैशाख २०, २०८२
कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा दन्त तथा मानसिक स्वास्थ्य शिविर
शुक्रबार, वैशाख १९, २०८२
अब १४ वर्षमुनिका बालबालिकाले नि:शुल्क क्यान्सर उपचार पाउने
शुक्रबार, वैशाख १९, २०८२
सबै बालबालिकाका लागि खोप, वैशाख ३१ मा मौका
शुक्रबार, वैशाख १९, २०८२
मेडिकल कलेजको सम्बन्धन खारेज गरिने स्वास्थ्य मन्त्रीको गर्जन
शुक्रबार, वैशाख १९, २०८२ट्रेन्डिङ
१