
चिकित्सकहरुले प्रयोग गर्ने उपकरण मर्मतमा बाहिरिएको लाखौं रकम रोक्न र युवामा रोजगारी बढाउन बायो मेडिकलको प्राविधिक पढाइ सुरु गर्न लागेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो ।उहाँका अनुसार यसका लागि रुपन्देहीको देवदहमा जग्गा व्यवस्थापन गरी प्रारम्भिक काम सुरु भइसकेको छ । जसका लागि चालू आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले डेढ करोड रुपैयाँ विनियोजन गरिइएको मन्त्री बरालले बताउनुभयो । यसबाट ३० जना विद्यार्थीलाई निःशुल्क बायो मेडिकल प्राविधिक पढाइने उहाँको भनाई छ । कक्षा १२ पास गरेका विद्यार्थीले बायो मेडिकल प्राविधिक पढ्ने अवसर पाउने छन । अहिलेसम्म नेपालमा काठमाडौंमा मात्र बायो मेडिकल टेक्नोलोजी पढाइ हुन्छ । जुन सीटीइभिटीइ अन्तर्गत १८ महिनाको कोर्स हो । बायो मेडिकल टेक्नोलोजी पढेको जनशक्तिले उपचारमा प्रयोग हुने एमआरआई, सिटीस्क्यान, एक्सरे मेसिनलगायत स्वास्थ्य परीक्षणका लागि प्रयोग गरिने उपकरणहरू मर्मतसम्हार र अद्यावधिक गर्ने काम गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
टेक्नोलोजी अफ हेल्थ

अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि
सोमबार, चैत २५, २०८१
श्रवण अपाङ्गता माथिको विजय : कक्लियर ईम्प्लान्ट
आइतबार, चैत १७, २०८१
योनी कसिलो बनाउने सर्जरी : भेजाइनोप्लाष्टी, लिबियाप्लाष्टी र हाइमेनोप्लाष्टी
आइतबार, चैत १७, २०८१ट्रेन्डिङ