
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । विसं १९८५ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो । आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

अमेरिकी डायस्पोराले गर्यो स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको प्रशंसा
बिहीबार, चैत २८, २०८१
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ११औं शिखर सम्मेलन काठमाडौंमा सुरु
बिहीबार, चैत २८, २०८१
स्वास्थ्य वैज्ञानिकहरुको ११औं शिखर सम्मेलन चैत २८ गतेबाट सुरु हुने
बुधबार, चैत २७, २०८१
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार आरोपः विशेष अदालतमा मुद्दा दायर
बुधबार, चैत २७, २०८१
काठमाडौंमा निःशुल्क स्तन र पाठेघरको मुख क्यान्सर परीक्षण, ४८ जनामा एचपीभी पोजेटिभ
मंगलबार, चैत २६, २०८१ट्रेन्डिङ