
अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिओटले एक वक्तव्य जारी गर्दैै कोभिड–१९ विरुद्धको यस खोप पनि निकै प्रभावकारी तथा सुरक्षित रहेको बताउनुभयो ।अस्ट्राजेनिकाका खोपको तथ्याँक विश्लेषण गर्दा यो ६२ देखि ९० प्रतिशत सफल रहेको पनि कम्पनीले जनाएको छ । अमेरिकी खोप निर्माता कम्पनीहरु फाइजर र मोडर्नाले तयार पारेका खोपहरु ९० प्रतिशतभन्दा बढी सफल रहेका थिए । फाइजर र मोडर्नाका तुलनामा अस्ट्राजेनिकाले तयार पारेको खोपको प्रभाव निकै कम रहेको छ । अस्ट्राजेनिकाले आफ्ना खोपहरु वितरणका लागि विभिन्न देशका नियामक निकायहरु समक्ष औपचारिक अनुरोध गर्ने जनाएको छ । साथै विश्व स्वास्थ्य संगठन समक्ष पनि न्यून आय भएका मुलुकमा वितरणका लागि आफ्नो खोपलाई सूचीकृत गर्ने तयारी अस्ट्राजेनिकाले गरेको छ । कम्पनीले सन् २०२१ भित्रमा करिब तीन अर्ब डोज उत्पादन गर्ने लक्ष्य राखेको छ । यो खोपलाई कम्तीमा छ महिनासम्म दुई देखि आठ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्न, यताउता लैजान सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

वी.पी. प्रतिष्ठानको नेतृत्व फेरियो, डा. शर्मा पुनः जिम्मेवारीमा
सोमबार, वैशाख ८, २०८२
स्वास्थ्यकर्मी ट्रेड युनियनहरूको मागः ‘स्वास्थ्य सेवा ऐन तुरुन्त जारी गरियोस्’
सोमबार, वैशाख ८, २०८२
आठ संघीय अस्पतालमा १५ नयाँ स्वास्थ्य सेवा थपिने
सोमबार, वैशाख ८, २०८२
प्रधानमन्त्रीबाट चार प्रतिष्ठानमा कार्यवाहक उपकुलपति तोकिए
आइतबार, वैशाख ७, २०८२
नेपालमा औषधिको कारोबारमा २० प्रतिशत वृद्धि, ३५ अर्ब नाघ्यो बिक्री
आइतबार, वैशाख ७, २०८२ट्रेन्डिङ