
जनस्वास्थ्य सरोकार । पेट सम्बन्धिको समस्या ओठदेखि मलद्वारसम्म पर्छ । त्यसबीचको सानो आन्द्रा, ठूलो आन्द्रा, पाकाशय, खानेनली सबैमा समस्या आउनसक्छ । यसका साथै लिभर, गल ब्लाडर, प्याँक्रियाजमा हुने समस्यालाई पनि ग्याँस्ट्रोइन्टेरोलोजी (जिआई) समस्या भनिन्छ । नेपालमा ग्याँष्ट्रिक जसलाई राष्ट्रिय रोग पनि भनिन्छ अर्थात ग्याँस्ट्राइटिस र कोलाइटिस (ठूलो आन्द्रा सुन्निने) समस्या धेरै छ ।
ग्याँसट्राइटिस
ग्याँस्ट्राइटिस भनेको पाकाशय सुन्निने, अल्सर हुने, एसिड पेप्टिक डिजिज (अमिलो पानी आउने जसलाई रिप्mलक्स भनिन्छ । पेट, सानो आन्द्रा वा ड्युडेनमको अल्सरलाई एसिड पेप्टिक वा ग्याँस्ट्राइटिस भनिन्छ ।
अहिले तेस्रो रोगको रूपमा ठूलो आन्द्राको क्यान्सर बढ्दो रुपमा पाइन्छ १० वर्ष अघिसम्म नेपालमा यो रोग त्यति देखिंदैन थियो । शहरमा बस्ने नेपालीहरुमा ठूलो आन्द्राको क्यान्सरको मात्रा विस्तारै बढ्दै गएको पाइन्छ । यो इण्डियाको तुलनामा बराबर हुन थालेको छ । भारतमा कोलोनीक जिआई क्यान्सर एक नम्बरमा आइसकेको छ । यो पाश्चात्य समाज अमेरिका लगायतका अरु मुलुकमा देखिन्थ्यो ।
ग्याँस्ट्रोइन्टेरोलोजी समस्याको कारण
-ग्याँस्ट्रोइन्टेरोलोजी समस्याको मुख्य कारण पिउने पानीको खराबीलाई लिइन्छ ।
२०–२५ वर्ष अघि अस्ट्रेलियाका डाक्टरले गरेको आविष्कारले हेलिकोब्याक्टर (एच) पाइलोरी भन्ने एउटा किटाणु ओरोफिकल रूट (पानी, खाना) बाट सर्छ भन्ने पत्ता लगाएका थिए । एचपाइलोरीले ग्याँस्ट्रिक गराउन सक्छ ।
-पेट बिग्रने, झाडा पखाला लाग्ने, जण्डिस हेपाटाइटिस आदि पानी र खानाकै खराबीका कारण मानिन्छ ।
- पेटको क्यान्सर बढ्नुमा हाम्रो खाने नियममा बद्लाव आएर नै मुख्य हो । हामी पश्चिमी समाजको शैलीमा मासु खाने गर्छौं । खास गरी रातो मासु (खसी, राँगो ,बँदेल) ले क्यान्सर निम्त्याउँछ । यसले ठूलो आन्द्रा (कोलेरेक्ट्रोल) क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
- हाम्रो देशमा सुकुटी, नुनिलो मासु, गालेको अचार आदि खाने प्रचलन छ । यसले पाकाशयको क्यान्सर गराउँछ ।
· त्यसैले मासुको सेवन धेरै गर्ने, वजन बढ्ने, चुरोट खाने, व्यायाम नगर्ने, नहिँड्ने जस्ता परिवर्तनशील जीवनशैलीले क्यान्सरको समस्या निम्त्याइरहेको छ ।
-यसमा प्रदूषण, वंशाणुगतले पनि ग्याँस्ट्रोइस्टेरोलोजी क्यान्सर बढिरहेको छ ।
लक्षण र चिन्ह
जिआई ट्रयाकको लक्षण अनेक हुन्छन् । खासगरी ठूलो आन्द्रा वा रेक्टममा समस्या आएमा निम्न लक्षण देखिनसक्छ ।
· पेट दुख्ने र पोल्ने
· पेट ढुस्स हुने
· पखाला लाग्ने
· दुब्लाउने
· दिसा राम्रोसँग नहुने
· खान मन नलाग्ने
· निल्न गाह्रो हुने
· अमिलो पानी आउने
· मलद्वारबाट रगत जाने
· कब्जियत
· दिसा गरूँ गरूँ जस्तो लाग्ने आदि ।
रोगको डायग्नोसिस
· रगतको जाँच
· अल्ट्रासाउण्ड
· दिसाको जाँच
· इण्डोस्कोपी (मलद्वार र मुखबाट गर्ने)
· यदि रोगको सही पहिचान नभएमा सिटी स्क्यान गरेर रोगको भरपर्दो डायग्नोसिस गर्न सकिन्छ ।
उपचार
· करिब ७०–८० प्रतिशत पेटसम्बन्धि रोग औषधिको सेवनबाट निको हुन्छन् ।
· पित्तथैलकिो ढुंगा (गलस्टोन) आदिमा शल्यक्रिया गर्नुपर्छ । ल्याप्रोस्कोपिक सर्जरीबाट गलस्टोनको चाँडै उपचार सम्भव हुने गरेको छ ।
· क्यान्सरको उपचार रोगको तह अनुसार हुने गर्छ । कतिको पहिला शल्यक्रिया गर्नुपर्छ, कुनैको किमोथेरापी दिएर शल्यक्रिया गर्नुपर्छ । यद्यपी क्यान्सरमा रोगको परिस्थिति अनुसार उपचार र शल्यक्रिया गर्नुपर्छ ।
(डा. शर्मा नेपाल मेडिसिटी हस्पिटलमा मेडिकल डाइरेक्टर हुनुहुन्छ ।)

स्थानीय तहमा आइरन चक्की अभाव
सोमबार, वैशाख १५, २०८२
आवासीय चिकित्सक आन्दोलन समाप्त, निजी मेडिकल कलेजलाई भत्ता वृद्धि आदेश
सोमबार, वैशाख १५, २०८२
स्वदेशी औषधि उद्योगको अस्तित्व संकटमा
सोमबार, वैशाख १५, २०८२
चिकित्सा शिक्षा आयोगको १९औँ बैठक सिंहदरबारमा
सोमबार, वैशाख १५, २०८२