जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघले पहिलो चरणमा खोप लगाउन छुटेका औषधि व्यवसायीहरुलाई फ्रन्टलाइनरको प्राथमिकतामा राखी खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ ।

औषधि व्यवसायीहरु कोभिड १९ संक्रमणको उच्च जोखिमा रहेर काम गर्नुपरेकाले संघले सो आग्रह गरेको हो ।
औषधि व्यवसायी र सोसँग सम्बन्धित कर्मचारीहरु संक्रमित भई औषधिको उपलब्धतामा असहज परिस्थिति सृजना भएमा यसको जिम्मेवारी स्वयं राज्यले लिनुपर्ने संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले बताउनुभएको छ ।
एक प्रेश विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठले यथाशक्य चाँडो औषधि व्यवसायीहरुलाई खोपको दायरामा ल्याउन अनुरोध गर्नुभएको छ । अन्यथा औषधि व्यवसायीले आफ्नो सुरक्षाका लागि विरोधको कार्यक्रम सञ्चालन गर्न बाद्य हुने विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

मधेश प्रदेशका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव, गरीब वर्गमा समस्या
आइतबार, चैत २४, २०८१
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाल्पामा आवासीय चिकित्सकको मागः मासिक पारिश्रमिक आठौं तहजस्तै निर्धारण गर्नुपर्ने
आइतबार, चैत २४, २०८१
सर्वोच्चको आदेशपछि चिकित्सा शिक्षा आयोगद्धारा पिजीको म्याचिङ तथा भर्ना कार्यक्रम स्थगित
शुक्रबार, चैत २२, २०८१ट्रेन्डिङ