
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल औषधि उत्पादक संघ (एपोन) ले सरकारलाई ४० लाख बराबरको औषधि सहयोग गरेको छ ।
संघले बाढीपहिरो पीडित तथा कोभिड संक्रमितको उपचारका लागि सो औषधि उपलब्ध गराएको हो ।
एपोनका अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले आइतबार स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई औषधि हस्तान्तरण गर्नुभयो ।
एपोनमा आबद्ध विभिन्न औषधि उत्पादक कम्पनीले उपलब्ध गराएका १४६ प्रकारका औषधि सरकारलाई सहयोगस्वरूप प्रदान गरिएको हो ।
हस्तान्तरित औषधि एपोनले टेकुस्थित गोदाम पठाएको छ । त्यहाँबाट आवश्यकताका आधारमा विभिन्न जिल्लाहरुमा वितरण गर्ने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

भत्ताको लडाइँमा डाक्टरः आमजनता उपचारविहीन
शुक्रबार, वैशाख १२, २०८२
नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप सहयोग
शुक्रबार, वैशाख १२, २०८२
भारतको सहयोगमा भ्याक्सिन : सिकलसेल र थालसिमिया विरुद्ध अभियान सुरु
शुक्रबार, वैशाख १२, २०८२
भत्ता बिना सेवा दिन नसकिने : आवासीय चिकित्सकको चेतावनी
शुक्रबार, वैशाख १२, २०८२
रक्त सञ्चार सेवा केन्द्रमा रगत अभाव; बिरामीहरू पर्खाइमा
बिहीबार, वैशाख ११, २०८२ट्रेन्डिङ