जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकामा औषधिको ओभरडोजका कारण मृत्यु हुनेको संख्या सन् २०२० मा २० वर्षयताकै सबैभन्दा उच्च भएको सरकारी तथ्यांक छ ।

कोरोना भाइरसको महामारीबीच आवश्यकभन्दा बढी मात्रामा औषधिको प्रयोग गरेका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको जनाइएको छ ।
अमेरिकामा सन् २०२० मा मात्रै औषधिको ओभरडोजका कारण ९३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ । यो संख्या अघिल्ला वर्षहरुको तुलनामा झण्डै ३० प्रतिशतले बढी हो ।
तथ्यांकले कतिपय औषधिको असर कति खतरनाक हुन्छ र यसले समाजमा कति विनासकारी असर गर्ने भन्ने देखिएको विज्ञहरुले बताएका छन् ।
शक्तिशाली सिन्थेटिक ओपिओइड औषधि लागू औषध हिरोइनभन्दा ५० गुना शक्तिशाली भएको विज्ञहरुले बताएका छन् । तथ्यांकले अमेरिकामा औषधिको ओभरडोजका कारण प्रतिदिन २ सय ५० जना र प्रति घन्टा ११ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । कोरोना महामारीका कारण आइसोलेसनमा बस्नुपर्दा एक्लोपनका कारण पनि मृत्यु संख्यालाई बढाएको बताइएको छ ।

आन्दोलनकै बीचमा जीवनदान : शिक्षक जुटे रक्तदानमा
बुधबार, वैशाख १०, २०८२
करुणा फाउन्डेसनको सहकार्य दुहबीमा स्वास्थ्य शिविर सुरु
बुधबार, वैशाख १०, २०८२
११ अस्पताल र ११ आयुर्वेद सेवा विस्तार गर्दै गण्डकी प्रदेश
बुधबार, वैशाख १०, २०८२
१ अर्ब ५० करोड लागतमा क्यान्सर अस्पताल निर्माण सुरु
बुधबार, वैशाख १०, २०८२